निर्देशन कार्यान्वयन गराउन संसद आफैं क्रियाशील हुनुपर्छः तिमिल्सिना
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदले दिएका निर्देशन समयमै कार्यान्वयन गराउन संसद आफैले क्रियाशीलता देखाउनुपर्ने बताएका छन् । बिहीबार राष्ट्रियसभाको तीन वर्षको सन्दर्भमा राष्ट्रियसभाको प्रभावकारिता तथा कुटनीतिक शिष्टाचार सम्बन्धी अभिमुखीकरणमा बोल्दै अध्यक्ष तिमिल्सिनाले सभाले सरकारलाई दिएको निर्देशनको अनुगमन प्रभावकारी रुपमा गर्नुपर्ने बताए ।
सरकारले सदनमा पेश गरेका विधेयकलाई समयमा नै पास गरेर अगाडि बढाउने विषयमा सभाले समेत ध्यान दिन आवश्यक रहेको बताए । राष्ट्रियसभा बिना अवरोध सञ्चालन भएपनि विभिन्न समयमा सरकारलाई दिएको निर्देशनको कार्यान्वयन बारे अनविज्ञ हुने अवस्था हटाउनुपर्ने उनको भनाई छ । राष्ट्रियसभाको बैठक र विभिन्न समितिहरुले सरकारलाई दिएको निर्देशन कार्यान्वयन भए नभएको अनुगमन गर्न सम्पूर्ण सदस्य र सम्बन्धित समिति अझ बढी क्रियाशील हुनुपर्ने आवश्यकता रहेको उनले बताए ।
राष्ट्रियसभाको सातौँ अधिवेशनसम्म आइपुग्दा २ सय २२ वटा बैठकहरु भएको र यस अवधिमा ४१ वटा विधेयकहरु दर्ता भएकोमा १६ वटा विधेयक प्रमाणीकरण भइसकेको, २४ वटामध्ये ८ वटा सभामा विचाराधीन रहेको, १० वटा समितिमा विचाराधीन रहेको र ६ वटा विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाबाट फिर्ता आउन बाँकी रहेको राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले जानकारी दिए ।
त्यसैगरी राष्ट्रिय सभामा ३ वटा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, ४ वटा ध्यानाकर्षण प्रस्ताव र १ वटा संकल्प प्रस्तावहरू दर्ता भई छलफल भएको उनको भनाई छ । साथै राष्ट्रियसभामा दर्ता भएको अन्तरदेशीय संगठित अपराध विरुद्धको महासन्धि अन्तर्गतको पार्लिमो प्रोटोकल सभाबाट अनुमोदन समेत गरिएको अध्यक्ष तिमिल्सिनाले बताए । राष्ट्रियसभाले यस अवधिसम्म प्रतिनिधिसभामा दर्ता भई प्रतिवेदनसहित राष्ट्रियसभामा आएका विभिन्न विधेयक तथा सन्धि÷सम्झौताहरु राष्ट्रियसभाबाट पारित गरी फिर्ता पठाइएका छन् । राष्ट्रियसभाले सातवटै प्रदेशसभासँग अन्तरक्रिया गरी सङ्घ, प्रदेश र स्थानीय तह(अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५ पारित गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण