ओली कि दाहाल-नेपाल समूह : काँग्रेस अझै अलमलमा
विकसित राजनीतिक घटनाक्रममा कसरी अघि बढ्ने भन्ने विषयमा कांग्रेस अझै अनिर्णित नै छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाटसमेत कांग्रेसले पछिल्लो राजनीतिक वातावरणमा आफूलाई कसरी अघि बढाउने भन्ने विषयमा कुनै निर्णय गर्न नसकेको हो ।
संसद् पुनःस्थापनापछि बनेको नयाँ राजनीतिक कोर्समा कांग्रेस नै नयाँ सरकार गठनको प्रक्रियामा निर्णायक हुने देखिएको छ । तर, कांग्रेसले विवादको भुमरीमा रहेको नेकपाको कुन पक्षसँग खुल्ने भन्ने विषयमा निर्णय लिइसकेको छैन ।
सो विषयमा कांग्रेसले छलफल गर्न बिहीबार पदाधिकारी तथा पूर्वपदाधिकारीलाई छलफलमा बोलाएको थियो । छलफलमा संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको समूहलाई पार्टीले सहयोग गरेर अघि बढ्ने कि विघटनको विरोधमा खुला रूपमा लाग्ने नेकपाकै पुष्पकमल दाहाल र माधव नेपाल समूहलाई सहयोग गर्ने भन्नेमा नेताहरू विभाजित देखिएका छन् ।
बैठकमा धारणा राख्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असंवैधानिक कदम अघि बढाउने पक्षलाई साथ दिन नहुने भन्दै पार्टीले प्रतिपक्षमा नै बस्ने गरी निर्णय लिनुपर्ने बताएका थिए । उनले प्रचण्ड—नेपाल पक्षले दर्ता गराएको अविश्वासको प्रस्तावमा कांग्रेस लचिलो बन्नुपर्ने मत राखेका थिए ।
तर, सभापति देउवाले भने बैठकमा नेताबाट आएका राय सुन्दै स्थिति परिपक्व भएपछि खुल्ने जवाफ दिएका छन् । कांग्रेस नेता अर्जुननरसिंह केसीले बैठकले कुनै निर्णय नगरेको जानकारी दिए ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको काम रियल स्टेट ब्रोकर जस्तै भयो : सभापति अन्सारी
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, चालकको घटनास्थलमै मृत्यु
-
औद्योगिक क्षेत्रको विकासमा संरचनागत समस्या, अनुगमनलाई परिणाममुखी बनाउन रास्वपा सांसदहरूको जोड
-
त्रिशूलीमा हाम फालेर एक जना युवक बेपत्ता
-
निहारिकालाई सोधपुछको लागि सिंहदरबार वृत्तमा लगियो
-
बागमतीमा सत्ता गठबन्धन भत्किए नेकपाले सरकारको दाबी गर्ने, मुख्यमन्त्रीमा शालिकराम र गंगाको चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण