एथ्लेटिकोसँग दुरी घटाउँदै बार्सिलोना
१८ वर्षीय इलाइक्स मोरिबाले क्लबका लागि पहिलो गोल गर्दा बार्सिलोनाले ओसासुनालाई हराउँदै शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडसँगको दुरी २ अंकमा घटाउन सफल भएको छ । शनिबार राति सम्पन्न खेलमा बार्सिलोना २–० गोलले विजयी बनेको हो ।
कप्तान लियोनेल मेस्सीले बार्सिलोनाका दुवै गोलको अवसर सिर्जना गरेका थिए । खेलको ३० औँ मिनेटमा जोर्डी अलाबाका लागि मेस्सीले गोलको अवसर सिर्जना गरे भने खेलको अन्त्यतिर युवा खेलाडीका लागि गोलको अवसर सिर्जना गरे ।
पहिलो हाफमा बार्साका मार्क आन्द्रे टेर स्टेगनले ओसासुनाका दुईवटा सुन्दर प्रहारलाई विफल बनाएका थिए ।
२६ खेलपछि बार्सिलोनाको ५६ अंक रहेको छ । दुई खेल कम खेलेको एथ्लेटिकोको ५८ अंक रहेको छ ।
शनिबार नै भएका अन्य खेलमा चौथो स्थानमा सेभिया इल्चेसँग १–२ गोलले पराजित भयो भने गेटाफे पनि समान गोलअन्तरले रियल भालाडोलिडसँग पराजित हुन पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण