पोखरामा जारी टी–ट्वान्टी क्रिकेटको सेमिफाइनल समीकरण पुरा
पोखरा । पोखरा जारी अन्तर क्लब टी–२० क्रिकेट लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्रिकेट एशोसिएसन अफ चितवन र पेलिगेण्ट्स क्रिकेट क्लव भिड्ने भएका हुन् । दोश्रो सेमिफाइनलमा आयोजक सुपर जनरल पोखरा र जनकपुर क्रिकेट क्लब आमने सामने हुने पक्कापक्की भएको हो ।
समुह ‘बी’ को अन्तिम खेलमा जनकपुरले मिक्समाण्डु क्लब काठमाडौंलाई ५ विकेटले पराजित गरेपछि समूहमा ६ अंकका साथ शिर्ष स्थान कायम गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । जनकपुरले समूहका तीनवटै खेलमा शतप्रतिशत नतिजा निकाल्दा समुहमा दोश्रो स्थान कायम गर्दै सेमिफाइनल पुगेको पेलिगेण्ट्सले २ खेलमा जित हाँसिल गर्दै ४ अंक बनाउन सफल भएको हो ।
लिगको अन्तिम खेलमा टस जितेर व्याटिङ गरेको मिक्समाण्डुले पूरा २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्रै बनाउन सफल भएको छ । मिक्समाण्डुको तर्फबाट शुव कंशाकारले २८, रिजन थापाले १७ तथा सचिन अधिकारीले १४ रन बनाए । जनकपुरका बलरहरु शोभाकान्त पाण्डेले ३ तथा राहुलप्रताप सिंह र विशाल सुस्लिङले २÷२ विकेट लिए ।
जितका लागि ९१ रनको लक्ष्य लिइ व्याटिङमा उत्रिएको जनकपुरले १८.२ ओभरमा मात्रै ५ विकेट गुमाएर जित निकाल्यो । म्यान अफ द म्याच भएका जनकपुरका राहुल प्रताप सिंहले ३३ रन जोडे भने विक्रान्त यादवले २७ रनको पारी खेलेका थिए ।
पेलिगेण्ट्सको बलिङमा रुपेश श्रीवास्तव र शुव कंशाकारले २÷२ विकेट लिए । पहिलो एक सातादेखि पोखरा रंगशालामा जारी खेलेको सेमिफाइनल खेल सोमबार र दोश्रो सेमिफाइनल खेल मंगलबार हुने प्रतियोगिताका निर्देशक विधान श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण