पोखरामा जारी टी–ट्वान्टी क्रिकेटको सेमिफाइनल समीकरण पुरा
पोखरा । पोखरा जारी अन्तर क्लब टी–२० क्रिकेट लिगको सेमिफाइनल समीकरण पूरा भएको छ । प्रतियोगिताको पहिलो सेमिफाइनलमा क्रिकेट एशोसिएसन अफ चितवन र पेलिगेण्ट्स क्रिकेट क्लव भिड्ने भएका हुन् । दोश्रो सेमिफाइनलमा आयोजक सुपर जनरल पोखरा र जनकपुर क्रिकेट क्लब आमने सामने हुने पक्कापक्की भएको हो ।
समुह ‘बी’ को अन्तिम खेलमा जनकपुरले मिक्समाण्डु क्लब काठमाडौंलाई ५ विकेटले पराजित गरेपछि समूहमा ६ अंकका साथ शिर्ष स्थान कायम गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । जनकपुरले समूहका तीनवटै खेलमा शतप्रतिशत नतिजा निकाल्दा समुहमा दोश्रो स्थान कायम गर्दै सेमिफाइनल पुगेको पेलिगेण्ट्सले २ खेलमा जित हाँसिल गर्दै ४ अंक बनाउन सफल भएको हो ।
लिगको अन्तिम खेलमा टस जितेर व्याटिङ गरेको मिक्समाण्डुले पूरा २० ओभरमा ९ विकेट गुमाएर ९० रन मात्रै बनाउन सफल भएको छ । मिक्समाण्डुको तर्फबाट शुव कंशाकारले २८, रिजन थापाले १७ तथा सचिन अधिकारीले १४ रन बनाए । जनकपुरका बलरहरु शोभाकान्त पाण्डेले ३ तथा राहुलप्रताप सिंह र विशाल सुस्लिङले २÷२ विकेट लिए ।
जितका लागि ९१ रनको लक्ष्य लिइ व्याटिङमा उत्रिएको जनकपुरले १८.२ ओभरमा मात्रै ५ विकेट गुमाएर जित निकाल्यो । म्यान अफ द म्याच भएका जनकपुरका राहुल प्रताप सिंहले ३३ रन जोडे भने विक्रान्त यादवले २७ रनको पारी खेलेका थिए ।
पेलिगेण्ट्सको बलिङमा रुपेश श्रीवास्तव र शुव कंशाकारले २÷२ विकेट लिए । पहिलो एक सातादेखि पोखरा रंगशालामा जारी खेलेको सेमिफाइनल खेल सोमबार र दोश्रो सेमिफाइनल खेल मंगलबार हुने प्रतियोगिताका निर्देशक विधान श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा रवि ‘अन्सेन्सर्ड’ : निशानामा गगन
-
१० बजे, १० समाचार
-
बर्दियामा मृतावस्थामा भेटियो पाटेबाघ
-
प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
-
नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिनेमा प्रतिबद्ध छौँ : परराष्ट्रमन्त्री श्रेष्ठ
-
धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने