कान्ति राजमार्गमा पाँच किमी तत्काल कालोपत्र नहुने
काठमाडौं । राष्ट्रिय राजमार्गका रुपमा रहेको कान्ति राजमार्गमा झण्डै पाँच किमी सडक अझै केही वर्ष कालोपत्र नहुने भएको छ । वर्षेनी वर्षाका कारण सडक अवरुद्ध हुने गरेकाले तत्कालका लागि कालोपत्र नगरिने कान्ति राजमार्ग योजना कार्यालयले जनाएको छ ।
अहिले तत्काल कालोपत्र नगरिने सडकमध्ये धेरै भाग ललितपुर र थोरै भाग मकवानपुरमा पर्छ । उनका अनुसार यी ठाउँ छपेली र आसपासका क्षेत्रमा रहेका योजनाका सूचना अधिकारी दिपेश रजकले बताए । अहिले तत्काल कालोपत्र नहुने थोरै सडक खण्ड मकवानपुरमा पनि रहेको छ । एक किलोमिटर सडक कालोपत्र गर्दा झण्डै रु डेढ करोड लगानी हुने भएकाले त्यो रकम खेर जान नदिन तत्काल कालोपत्र नगर्ने योजना बनाइएको हो ।
कुनै पनि ठाउँमा सडक खनेपछि केही वर्षसम्म पहिरो जाने गरे पनि केही वर्षपछि त्यहाँको माटो स्थिर भएर रहन्छ । उनले भने, “अबको केही वर्षमा पहिरो जान रोकिएपछि कालोपत्र गर्न सकिन्छ ।” अहिले कालोपत्र नगरिने सडकमा पनि ग्राभेल गरिने भएकाले स्थानीयवासीलाई आवतजावतमा समस्या नहुने योजनाका सूचना अधिकारी रजकले बताए ।
उनका अनुसार त्यो स्थानमा ग्राभेल, सडक छेउमा नाली बनाउने लगायतका अरु सबै किसिमका काम हुनेछ । यो सडकमा वर्षेनी वर्षाको समयमा सडक माथिबाट आउने पहिराका कारण सडक अवरुद्ध हुने गरेको छ । पहिले एक लेनको सडक दुई लेनको बनाउँदा सडकमा पहिरो आइरहेको हो ।
सडक ट्याक खुलेको लामो समयसम्म पनि कच्ची सडकका रुपमा रहेको यो सडकमा अहिले धमाधम कालोपत्रेको काम भइरहेको छ । चालू आवभित्रै त्यही पाँच किमी सडकबाहेक अन्यत्र सडक कालोपत्र गरिसक्ने योजनाको लक्ष्य बताइएको छ ।
सडक दुई लेन बनाइए पनि अहिलेसम्म राजमार्गमा रहेका तीन पुल एक लेनका छन् । पुललाई पनि बिस्तार गरिने योजनाले जनाएको छ । सडक विभागले गत आवमा सो सडकलाई पहिलो प्राथमिकताको सडक (पि वान) बाट राष्ट्रिय राजमार्गमा स्तरोन्नति गरेको थियो । उक्त सडक काठमाडौँलाई तराईसँग जोड्ने छोटो सडकमा पर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण