यो राजनीतिक निर्णयको अर्थ ज्यादै गम्भीर छ, सबै सचेत होऔंः नारायणकाजी श्रेष्ठ
काठमाडौं । नेकपाका नेता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलापछि सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत हुनुपर्ने बेला आएको बताएका छन् । नेता श्रेष्ठले दुई पार्टीहरूको एकताबाट निर्माण गरिएको एउटा राजनीतिक पार्टीको एकता भङ्ग गरेर आ–आफ्नो पूर्व पार्टीमा जाउ भन्नुलाई दुनियाँले के भन्ला भनेर प्रश्न समेत गरेका छन् ।
सोमबार साँझ सामाजिक सञ्जाल ट्वीटरमार्फत नेता श्रेष्ठले यो निर्णय ज्यादै गम्भिर रहेको समेत बताएका छन् । उनले भनेका छन्, ‘अझ मुख्य कुरा त, यो राजनीतिक निर्णयको अर्थ सन्देश र परिणाम ज्यादै गम्भीर छ । सबै देशभक्त र कम्युनिष्ट शक्तिहरु सचेत होऔं ।’
सर्वोच्च अदालतले फागुन २३ गते केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपालाई खारेज गर्दै ऋषि कट्टेल नेतृत्वको नेकपा नामको पक्षमा फैसला गरेको थियो । सर्वोच्चको यो फैसलासँगै पूर्व नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँतिएको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण