सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोना मृत्यु दरमा ४० प्रतिशतले कमी

बुधबार, २६ फागुन २०७७, २३ : १२
बुधबार, २६ फागुन २०७७

लन्डन । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या हप्ता दिनभित्र ४० प्रतिशतले ह्रास आएको तथ्याँक​ले देखाएको छ । बुधबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड  सोसल केयर’ ले जानकारी दिएको छ ।

यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ९८७ पुगेको छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ९२६ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ३४ हजार ९२४ पुगेको छ । बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर ९ हजार ४३५ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार २९३ छ ।

दुई करोड ४० लाख बढी खोप वितरण

बेलायतमा हालसम्म दुई करोड ४० लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । बुधबारसम्म  खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ४० लाख ६४ हजार १८२ पुगेको छ । कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड २८ लाख ९ हजार ८२९ जनाले पहिलो डोज लिएका छन् भने १२ लाख ५४ हजार ३५३ जनाले खोपको दोस्रो डोज लिएका छन् ।

कोरोना महामारी उच्चतम बिन्दुमा पुगेपछि  इङ्ग्ल्यान्डमा  सरकारद्वारा जारी कडा प्रतिबन्धका कारण र कोरोना विरुद्धको खोपको प्रभावका कारण कोरोना संक्रमणमा कमी आएको अधिकारीहरुले बताएका छन्  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप