बेलायतमा कोरोना मृत्यु दरमा ४० प्रतिशतले कमी
लन्डन । बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या हप्ता दिनभित्र ४० प्रतिशतले ह्रास आएको तथ्याँकले देखाएको छ । बुधबार सार्वजनिक तथ्याँकअनुसार पछिल्लो २४ घन्टामा १९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
यससँगै बेलायतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख २४ हजार ९८७ पुगेको छ । यसैगरी बेलायतमा पछिल्लो २४ घन्टामा ५ हजार ९२६ जना नयाँ संक्रमित थपिएका छन् । थपिएका नयाँ संक्रमितसँगै बेलायतमा संक्रमितको संख्या ४२ लाख ३४ हजार ९२४ पुगेको छ । बेलायतका अस्पतालमा उपचारार्थ कोरोना संक्रमितको संख्या घटेर ९ हजार ४३५ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या एक हजार २९३ छ ।
दुई करोड ४० लाख बढी खोप वितरण
बेलायतमा हालसम्म दुई करोड ४० लाख भन्दा बढी डोज भ्याक्सिन वितरण भैसकेको छ । बुधबारसम्म खोपको पहिलो तथा दोस्रो डोज लगाउनेको कुल संख्या दुई करोड ४० लाख ६४ हजार १८२ पुगेको छ । कोरोना विरुद्धको खोप अभियान शुरु भएयता बेलायतमा दुई करोड २८ लाख ९ हजार ८२९ जनाले पहिलो डोज लिएका छन् भने १२ लाख ५४ हजार ३५३ जनाले खोपको दोस्रो डोज लिएका छन् ।
कोरोना महामारी उच्चतम बिन्दुमा पुगेपछि इङ्ग्ल्यान्डमा सरकारद्वारा जारी कडा प्रतिबन्धका कारण र कोरोना विरुद्धको खोपको प्रभावका कारण कोरोना संक्रमणमा कमी आएको अधिकारीहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण