सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

गायक अलि जाफरमाथि यौन उत्पीडनको आरोप लगाउने गायिका मिशालाई तीन वर्षको जेल सजाय

आइतबार, ०१ चैत २०७७, १२ : १९
आइतबार, ०१ चैत २०७७

पाकिस्तानी गायक अली जाफरमाथि गायिका तथा नायिका मिशा शफीले यौन उत्पीडनको आरोप लगाएकी थिइन् । नायिकाले लगाएको यो आरोपमाथि अदालतमा सुुनुवाई पनि भएको थियो । अदालतले अली जफरमाथि लगाइएको सबै आरोप खारेज गरेका छन् । तत्पश्चात् अलीले मिशासमक्ष क्षतिपूर्तिका लागि भुक्तानी गर्नुपर्ने माग गर्दै मानहानीको मुद्दा पति ठोकिदिए । अब यो मामिलामा मिशा शफीलाई तीन वर्षको सजाय भएको छ । यसका लागि नायिकाले सरकारमाथि प्रश्न उठाएकी छिन् ।

अली जफरले मिशाले लगाएको आरोपपछि आफ्नो छवि धुमिल हुनुका साथै करियरमा पनि ठूलो क्षती पुगेको आरोप लगाएका थिए । मिशा शफीले मिटू अभियानको क्रममा अली जफरविरुद्ध मोर्चा खोलिदिइन् र उनीमाथि यौन उत्पीडनको आरोप लगाइन् । अलीले आफूलाई उनको घरको रेकर्डिङ स्टुडियोमा गलत व्यवहार गरेको आरोप लगाएकी थिइन् । तर अलीले नायिकाको उक्त आरोप पूर्ण रुपमा अस्विकार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप