६० वर्षीया वृद्धामाथि बोक्सी भन्दै निर्घात कुटपिट
विराटनगर । एक समूह शुक्रबार राति १० बजेतिर होहल्ला गर्दै घरमा आइपुग्यो। ६० वर्षीया वृद्धालाई आफूबाट छुट्याएर लगेपछि उनका श्रीमान् पछि लागे। ती वृद्धका अनुसार नजिकै गोठमा पुर्याएर थाममा डोरीले बाँध्दै बोक्सी भनेर आक्रमण गर्न थाले। श्रीमतीलाई निर्घात कुटपिट गर्न थालेपछि त्यसो नगर्न आग्रह गरे पनि उल्टै सबै जना धुरिएको उनले सुनाए।
उनका अनुसार एक घण्टाजति कुटपिटपछि शरीरका विभिन्न अंगबाट रगत बग्न थाल्यो। ‘कुटाइ सहन नसकेर मेरी श्रीमती बेहोस बनिन्’, ती वृद्धले भने, ‘बोल्न नसक्ने अवस्थामा देखेपछि होहल्ला गर्दै अरू गाउँलेलाई बोलाएर घटनाबारे प्रहरीलाई जानकारी दिएँ।’
यो घटना मोरङको रतुवामाई–२ डोरियामा भएको हो। एकै परिवारका पाँच जना मिलेर बोक्सी आरोप लगाउँदै वृद्धामाथि आक्रमण गरेको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले बताए। डीएसपी राईका अनुसार वृद्धाको उपचार विराटनगरस्थित कोसी अस्पतालमा भइरहेको छ। चिकित्सकले अवस्था खतरामुक्त रहेको बताए पनि वृद्धा थलिएकी उनले बताए। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा किशोर बुढाथोकीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण