विवाहको नाटक गरेर बलात्कार
तराई तथा भारतीय सीमावर्ती जिल्लाहरुमा विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिका बलात्कार गर्ने क्रम बढ्दो छ । टीकोटालो गरेर विवाहको नाटक गर्ने, बलात्कारको प्रयास गर्ने, प्रलोभनमा पारेर यौनसम्पर्क गर्ने कार्यले निरन्तरता पाएपछि प्रहरी पनि सक्रिय बन्न थालेको छ ।
यसै क्रममा पछिल्लो समय पर्सा प्रहरीले विवाह गर्छु भनेर झूटो प्रलोभन दिई बालिकाहरुलाई बलात्कार गर्ने दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–३१ का २२ वर्षीय अनिल कुशवाहा, पर्सा सखुवा प्रसौनी गाउँपालिका–५ बलुवाका १८ वर्षीय रोशनकुमार यादव र पटेर्वासुगौली गाउँपालिका–४ अकुवा टोलका १९ वर्षीय अभिषेक दास थारु रहेका छन् ।
अनिल कुशवाहाले गाउँकै १९ वर्षीया बालिकासँग उनको उमेर २० वर्ष पुगेपछि बिहे गर्छु भनी फागुन १६ गते टीकोटालोसमेत गरेका थिए । तर, अर्कै युवतीसँग बिहे गरेका अनिलले टीकोटालो गरेकी बालिकालाई आफ्नै घर तथा गाउँको एकान्त स्थानमा बोलाएर पटकपटक जबरजस्ती करणी गरेको थाहा पाएपछि पीडित बालिकाका बुबाले प्रहरी कार्यालयमा अनिलविरुद्ध उजुरी दिएका थिए । त्यही उजुरीको आधारमा प्रहरीले अनिललाई पक्राउ गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा कृष्णउदास खनालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण