चेपाङ समुदायका दुई हजार पाँच सयभन्दा बढीको छैन नागरिकता
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाका चेपाङ समुदायका दुई हजार ५०० जना व्यक्ति नागरिकता विहीन छन् । जिल्लाको विकट गाउँपालिकाको रुपमा रहेको राक्सिराङमा गरिबी र जनचेतनाको अभावका कारण चेपाङ समुदाय नागरिकताबाट बन्चित हुनु परेको हो ।
राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार गाउँपालिकामा चेपाङहरू समुदायका व्यक्तिहरु चेतनाको अभाव र गरिबीका कारण नागरिकता विहीन भएर बस्नु परेको हो । पालिकाका अधिकांश क्षेत्र विकट रहेकोले नागरिकता बनाउनका लागि हेटौंडा आउन चेपाङ समुदायलाई समस्या हुने गरेको उनले बताए ।
गाउँपालिकाको खैरांग लगायत विकट गाउँका स्थानीयहरु सदरमुकाम हेटौंडा आएर नागरिकता बनाउन तीन दिन खर्चिनुपर्ने बाध्यता छ । त्यसका लागि खर्चको अभावका कारण त्यस क्षेत्रका नागरिकहरु नागरिकता तथा अन्य सरकारी सेवाबाट बञ्चित हुनुपर्ने अवस्था रहेको उनको भनाइ छ ।

‘दैनिकी टार्न समेत हम्मेहम्मे पर्ने चेपाङहरू खर्चकै अभावका कारण सरकारी सेवा सुविधाबाट बञ्चित छन् । सरकारले दिने गरेको सामाजिक सुरक्षा भत्ताका बारेमा समेत उनीहरु जानकार छैनन्,’ अध्यक्ष मल्लले भने । नागरिकता नबनाएका कारण जग्गा नामसारी, व्यक्तिगत घटना दर्ता लगायतका काम गर्न कठिन भएको उनको भनाइ छ । नागरिकताबाट बञ्चित रहेको उक्त समुदायलाई गाउँमै शिविर लगेर नागरिकता वितरण गर्ने गृहकार्यमा आफु लागेको उनले बताए ।
‘हामीले केहीदिन अघिमात्रै पालिकाका करिब ७० जना चेपाङलाई जिल्ला प्रशासन कार्यालयमै लगेर नागरिकता वितरण गरेका छौं । घुम्ती शिविर सञ्चालनका लागि पहल गरिरहेका छौं । गाउँमा शिविर सञ्चालन गरी घरघरमा नै नागरिकता पुर्याउने योजनामा छौं,’ उनले भने ।
८० वर्षकी ठुलीमाया प्रजाले लिइन् नागरिकता
मकवानपुरको राक्सिराङकी ८० वर्षकी चेपाङ समुदायकी एक वृद्धाले जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट नागरिकता लिएकी छन् । १९९७ साल असार १० गते जन्मिएकी ठुलीमाया प्रजाले गाउँपालिकाको सिफारिसमा ८० बर्षको उमेरमा आइतबार नागरिकता लिएकी हुन् ।
आईतबार जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले प्रजालाई नेपाली नागरिकता हस्तान्तरण गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण