कर्णालीमा ७६ हजारले लगाए कोरोना विरुद्धको खोप
सुर्खेत । कर्णाली प्रदेशमा मंगलबार सम्म ७६ हजार जनाले कोरोना भाइरस विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाएका छन् । यद्यपि, लक्ष्यअनुसार भने खोप लगाउन सकिएको छैन् । जम्मा १ लाख ७ हजार ६ सय ६० जनालाई ‘कोभिशिल्ड’ खोप लगाउने लक्ष्य थियो । तर, हालसम्म ७६ हजार ३ सय ४८ जनाले मात्र कोरोनाविरुद्धको खोप लगाएको तथ्याङ्क प्रदेशको स्वास्थ्य निर्देशनालयसँग छ ।
गएको माघ १४ गतेदेखि प्रदेशका १८ वटा खोप केन्द्रबाट १० वटै जिल्लामा कोरोना विरुद्धको खोप लगाउन सुरू गरिएको थियो । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले ७० प्रतिशत कभरेज भएको भन्दै खोप अभियान चलिरहेको रातोपाटीलाई बताए ।
उनले भने, ‘६२ वर्ष भन्दा बढी उमेर समुहका लक्षित वर्गलाई खोप केन्द्रित गरिएको छ ।’ सुर्खेतमा सबैभन्दा बढी अर्थात् १९ हजार ७ सय ४५ जनाले खोप लगाएका छन् । दैलेखका १२ हजार ७ सय ७२, जाजरकोटका ६ हजार ४ सय ५५, सल्यानका नौ हजार ५ सय ५६ र रुकुम पश्चिमका ७ हजार ५७ जनाले खोप लगाएका छन् ।
त्यस्तै जुम्लाका ६ हजार ३१, कालिकोटका ६ हजार ४ सय ११, हुम्लाका २ हजार ८ सय ३३, मुगुका ३ हजार एक सय ४१ र डोल्पाका दुई हजार ३ सय ७३ जनाले खोप लगाएका छन् । ‘खोप लगाउने काम जारी छ,’ निर्देशक खड्काले भने ।
डोल्पाको माथिल्लो भेगका नागरिक तल्लो भेगमा सर्ने क्रममा रहेकाले खोप खोप पुर्याउने काम भइरहेको छ । माथिल्लो डोल्पामा हिउँ परेपछि खोप लगाउने काम रोकिएको थियो । ‘आइतबार जाजरकोटमा कोरोना विरुद्धको खोप लगाएका एक वृद्धको मृत्यु भएको सन्दर्भमा भने परिवार महाशाखाले त्यसको प्रारम्भिक अध्ययन गरिरहेको छ,’ निर्देशक खड्काले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण