कालीगण्डकीको पानी लिफ्ट गरेर तानसेनमा
तानसेनमा लिफ्टिङ खानेपानी आयोजनाअन्तर्गतको पहिलो चरणको काम सकिएको छ । तानसेन–१३, बौघागुम्हास्थित कालीगण्डकी नदीबाट बोरिङ गरी तानसेन कैलाशनगरस्थित बतासेडाँडाको भण्डारसम्म पानी ल्याउने काम पूरा भएको छ ।
छवटा स्टेसनमार्फत एक हजार ४४ मिटर उचाइमा रहेको रिजर्ब ट्याङ्कीमा पानी ल्याउने काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय अर्घाखाँचीले जनाएको छ । दुई वर्षअघि नै सक्नुपर्ने खानेपानी आयोजनाको पहिलो चरणको काम सकिएको कार्यालय प्रमुख रामप्रसाद घिमिरेले जानकारी दिए ।
पहिलो चरणमा गर्नुपर्ने कालीगण्डकीदेखि तानसेनको खानेपानी रिजर्ब ट्याङ्कीसम्म पानी ल्याउनुपर्ने काम सकिएको उनले बताए । पहिलो चरणमा छवटा पम्पस्टेसन, पाँचवटा ट्याङ्की निर्माण, पम्प हाउस र करुवा घर निर्माणको काम सकिएको छ । यस्तै पाइप विस्तार, विद्युत् विस्तार, मूल ट्याङ्की बनाउने काम समेत सकिएको छ । पाँच वर्षअघि पहिलो चरणको काम गर्न ठेकेदार कम्पनीसँग २५ करोड ३९ लाखमा सम्झौता भएको थियो ।
पहिलो चरणको काम सकिएर पानी पिउन योग्य छ÷छैन भनेर प्रयोगशालामा जाँच गर्ने काम भइरहेको छ ।े अब पानीको जाँच गरेपछि पिउन योग्य पानी भएको खण्डमा उपभोक्तालाई वितरण प्रक्रिया सुरु हुनेछ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण