ओलीपक्षीय नेताको द्विविधा : हो भन्ने, गएर छुचो नबन्ने
एमालेभित्र अन्तरसंघर्ष चुलिइरहँदा दुई समूहका नेताबीच रत्ति पनि संवाद भएन भन्ने आम बुझाई गलत हो, तर ‘मिलौँ’ भन्नेहरु नै ‘हामी त सक्दैनौँ’ भनेर टक्टकिने गरेका छन् । ओलीपक्षीय नेतामध्ये विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल, सुवास नेम्वाङ, पृथ्वीसुब्बा गुरुङहरु माधवपक्षीय विभिन्न नेतासँग संवादमा छन् । माधव पक्षबाट केपीलाई सच्याउनका निम्ति विभिन्न प्रस्ताव राखिन्छ । ती कुराचाहिँ आफूबाट सम्भव नहुने भन्दै कुराकानी नै छाडेर उनीहरु पन्छिन्छन् । माथि नाम भएका सबै नेताको एउटै भनाइ हुन्छ, ‘हामी कुरा पु¥याउनै सक्दैनौँ ।’ माधव पक्षका नेताहरु केपीबाट भएका कमजोरी र त्रुटीबारे चर्चा गर्छन्, केपीपक्षीय ती नेताहरु कुनै पनि कुरा अस्वीकार गर्दैनन्, बरु निरीह भएर जवाफ दिन्छन्, ‘हामीलाई पनि चित्त बुझेकै छैन ।’
यी संवादले भन्छ– प्रधानमन्त्री केपी ओली निश्चित घेराभित्र बसेर सबै कुरा गर्दै छन् । उनी सुझबुझका साथ हैन, हडबडे शैलीमा, अगाडि भएकाले जे–जे भन्छन्, त्यसआधारमा चल्दै छन्् । जस्तो कि, ७ गते बोलाइएको केन्द्रीय कमिटी बैठकलाई विधिपूर्वक आयोजना गरौँ, त्यसो गर्दा माधवपक्षीय नेतालाई पनि ल्याउन सकिन्छ भन्ने सुझाव नेताहरुले दिन चाहेका छन्, तर प्रधानमन्त्री सुन्न चाहन्नन् । भुकृटीमण्डपमा भाषण गरेर, अनि टेलिभिजन अन्तर्वार्ताबाट बैठक र चियापानको निम्तो गरिएको कुरा माधव पक्षले मानेको छैन । हरेक बैठकअघि सचिवालयले बैठकका कार्यसूची तय गर्ने एमालेको प्रचलन हो । त्यही सचिवालयले स्थायी कमिटी, पोलिट्व्युरो र केन्द्रीय कमिटीसम्मैका कार्यसूची बनाउँछ । सचिवालयले एजेण्डा बनाएपछि स्थायी कमिटीबाट पारित गर्ने र त्यसपछिका बैठकमा जाने प्रचलन अहिले केपीपक्षबाट पालना गरिएको छैन । बरु, उल्टै पदाधिकारी, अर्थात् सचिवालय नै खारेज गरिएको छ । सचिवालय महासचिव संयोजकत्वको हुन्छ, त्यसमा पाँचै सचिवसहित मोर्चा संगठन प्रमुख र आर्थिक विभाग प्रमुख रहेन गरेका छन् । तर, पदाधिकारी नै खारेज गरेर सचिवालयविहीन स्थिति छ ।
आजको जनआस्था साप्ताहिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण