शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुरक्षा कारबाहीमा परी अफगानिस्तानमा थप ३४ लडाकू मारिए

बुधबार, ०४ चैत २०७७, २२ : १८
बुधबार, ०४ चैत २०७७

एजेन्सी । अफगानिस्तानमा सरकारी सुरक्षाकर्मीहरूले गरेको सुरक्षा कारबाहीका क्रममा थप ३४ लडाकूको मृत्यु भएको छ । तालिबान लडाकू विरुद्ध जारी राखिएको सुरक्षा कारबाहीका क्रममा देशको दक्षिणी कान्दाहार प्रान्तमा उनीहरूको मृत्यु भएको रक्षा मन्त्रालयले बुधबार जनाएको छ ।  

लडाकू विमानसमेत परिचालन गरेर गरिएको सुरक्षा कारबाही अर्घान्डाब, पन्ज्वाय, झारी र स्पिन्बोल्डाक जिल्लामा भएको थियो । सुरक्षा कारबाहीका क्रममा अरू नौ जना घाइते पनि भएको मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

वक्तव्यमा सुरक्षाकर्मीतर्फ कुनै क्षति भएको विवरण उल्लेख गरिएको छैन । सुरक्षाकर्मीहरूले घटनास्थलबाट लडाकूहरूले प्रयोग गर्ने गरेको आठ मोटरसाइकल, केही हतियार तथा विस्फोटक पदार्थसमेत बरामद गरेका छन् ।   घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया सार्वजनिक नभएको समाचारमा जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप