उत्कर्षमा एमाले विवाद : ओली विभाजनतर्फ अघि बढेको माधव–झलनाथ पक्षको ठहर
साविक नेकपा हुँदा दुई खेमामा पुगेका एमालेका नेता पार्टी ब्युँतिँदा पनि मिल्न सकेका छैनन् । बरु वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भला बुधबार सुरु भएको छ । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै नौ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
वरिष्ठ नेता नेपालले प्रधानमन्त्री ओली नियोजितरुपमा पार्टी विभाजन गर्न अगाडि बढेपछि एमालेको एकता बचाउन र कम्युनिस्ट आन्दोलनको रक्षा गर्नुपर्ने असाधारण परिस्थितिमा भेला आयोजना गर्नुपरेको जनाएका छन् । पार्टीमा हुर्कंदै गरेको चरम महत्वाकांक्षी व्यक्तिवादी गुटबन्दीले पार्टी र आन्दोलनमाथि थप्दै गरेको चुनौती, त्यसले भत्काउँदै गरेको सामूहिकतायुक्त पार्टी जीवन, लोकतान्त्रिक मूल्य र भावनाको क्षय, विचारहीन, असैद्धान्तिक तथा अराजनीतिक प्रवृत्तिको वृद्धि, त्यसले पार्टी र आन्दोलनमा उत्पन्न गरेको विभाजन तथा विघटनका आशंका बढ्दै गएका प्रतिवेदनमा उल्लेख छ ।
भारतीय नाकाबन्दी समाना गरेको प्रधानमन्त्रीका रुपमा ओलीको लोकप्रियतापछि व्यक्तिवादी, स्वच्छन्दतावादी प्रवृत्ति चुलिँदै गाएको आरोप नेपालले लगाएका छन् ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण