कसरी बढ्ने ? : अलमलमा खनाल–नेपाल समूह
प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने अलमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ ।
पार्टीको अन्तरसंघर्ष संगठनको आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने राणीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो । यही राणनीतिअनुरुप पालिका कमिटीसम्मका नेता–कार्यकर्तालाई बोलाएर तिनको मन बुझ्ने र सुझावका आधारमा बाँकी कार्यक्रम तय गर्ने भनिए पनि राष्ट्रिय भेलापछिको चरणबारे प्रतिवेदन र नेतृत्व दुवैले बोलेका छैनन् ।
बैठकमा नेता माधवकुमार नेपालले प्रस्तुत गरेको ९ पेजको प्रतिवेदनमा ओलीलाई सच्याउने उल्लेख भए पनि उनी सच्चिएनन् भने के गर्ने भन्ने योजना छैन । सम्बद्ध स्रोतका अनुसार अहिले ओलीसँगको लडाइँ सैद्धान्तिकभन्दा पनि पनि सांगठनिक भएकाले तल्लो तहसम्म पुरानै कमिटी ब्युँताउने र पार्टी विभाजनकै अवस्था आयो भने पनि आफ्नो कमिटीलाई एकताबद्ध राख्ने खनाल–नेपाल समूहको योजना छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण