नरभक्षी बाघ चिन्नै गाह्रो !
गत असारमा मधुवन नगरपालिका ३ भगरैयामा पाटेबाघले आक्रमण गर्दा १३ वर्षीय विशाल वलीको मृत्यु भयो । चार जनाले भागेर ज्यान जोगाए ।
त्यसयता उक्त जैविक मार्गका विभिन्न स्थानमा बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ । २ जना घाइते छन् । बाघको खोर गोठबाटै एक दर्जनभन्दा बढी गाई, गोरु र बाख्रा खाएको छ । बाघले मानिस र घरपालुवा जनावार खान थालेपछि स्थानीय त्रस्त बनेका छन् ।
मधुवनको खाता जैविक मार्गमा पाँच महिनामा करिब ५० वटा बाघ ओहोरदोहोर गरेको खाता समन्वय समितिको अनुमान छ ।
बाघले गत असार महिनाअघि मानिसलाई आक्रमण गरे पनि यस क्षेत्रमा ज्यान भने लिएको थिएन । नरभक्षी बाघको पहिचान नभए संरक्षण गर्न नसकिने समन्वय समितिका अध्यक्ष बलिराम थारुले बताए ।
बाघले केही महिनायता बढी क्षति किन गरिरहेको छ भन्नेबारे गहन अध्ययन गरी नरभक्षी बाघलाई नियन्त्रणमा लिनुपर्ने खाता जैविक मार्गअन्तर्गत रहेको सम्झना सामुदायिक वनका सचिव सनतकुमार शाहले बताए । वनमा खुट्टामा चोट लागेको बाघ पनि खोच्याउँदै ओहोरदोहोर गर्ने गरेको स्थानीय बताउँछन् । यो समाचार आजको कान्तिपुर दैनिकमा कमल पन्थीले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण