‘राष्ट्रिय समावेशी म्युजिक अवार्ड’ प्रधानमन्त्री ओलीको गीत प्रतिस्पर्धामा
काठमाडौंँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रचना गरेको गीत ‘स्वदेशमै रोजगारी’ पीम नेपालको ‘चौथो राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२१’ मा उत्कृष्ट पाँच गीत भित्र पर्न सफल भएको छ । आयोजक पीम नेपालले हालै एक कार्यक्रमका बीच सार्वजनिक अवार्डको ५३ विधाको नोमिनिज सूचीमा ओलीको गीत राष्ट्रिय भावको गीततर्फ उत्कृष्ट पाँचभित्र पर्न सफल भएको हो ।
प्रधानमन्त्री ओलीले आफ्नो गीत उत्कृष्ट पाँचभित्र परेको प्रमाणपत्र समेत बुझेका छन् । चलचित्रकर्मी मनोज भेटवाल, निर्देशक विश्वदीप घिमिरे र वरिष्ठ चलचित्रकर्मी लेखक, निर्देशक मोहन निरौलाले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई आयोजकको तर्फबाट सो प्रमाणपत्र हस्तान्तर गरेका छन् ।
आयोजकले अन्य उत्कृष्ट पाँचभित्र पर्न सफल कलाकर्मीलाई उत्कृष्ट प्रमाणपत्र राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै बितरण गरेको थियो । उत्कृष्ट पाँच मध्येबाट एक गीतलाई केही समयपछि आयोजना हुने अवार्ड समारोहमा सर्वोत्कृष्ट अवार्ड प्रदान गरिनेछ ।
प्रधानमन्त्री ओलीको रचना, किरण क्रियशनको प्रस्तुति, युवा नेता रमेश पौडेलको संयोजनमा तयार गरिएको ‘स्वदेशमै रोजगारी’ गीतमा मेलिना राईको र शान्तिराम राई संगीत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण