एमाले संसदीय दलको बैठकः खनाल र नेपाल पनि संसदीय बोर्डमा
नेपाल कम्युनिष्ट पार्टी(एमाले)को संसदीय दलको बैठकले केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा(एमाले)को संसदीय दलको बैठकले नेकपा(एमाले) का संसदीय दलका नेता केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले जानकारी दिए ।
संसदीय दलको उपनेता सुवासाचन्द्र नेम्वाङ, प्रमुख सचेतक विशाल भट्टराई र सचेतक शान्ता चौधरी पदेन सदस्य रहने संसदीय बोर्डमा नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाललाई समेत समेटिएको छ । त्यसैगरी सदस्यहरुमा सुमन प्याकुरेल, बिमला राई पौडेल, खिमलाल भट्टराई, राधा ज्ञवाली, दामोदर भण्डारी, बिन्दा पाण्डे, विद्या भट्टराई, राजेन्द्र राई, रेखा झा, शेरबहादुर तामाङ, छविलाल विश्वकर्मा, रघुविर महासेठ, नारदमुनी राना, मोहन बानियाँ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता न्यौपाने र बिमला बि.क. रहेको सांसद तामाङले जानकारी दिए । त्यस्तै बैठकले नेकपा(एमाले)को संसदीय दलको विधान संशोधनका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा शेरबहादुर तामाङ र विमला राई पौडेल सदस्य रहेको विधान संशोधन कार्यदल पनि बनाएको उनको भनाइ छ ।
संसदीय दलको अर्को बैठक चैत्र ७ गते बोलाइएको सांसद तामाङले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण