मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

एफएनसिसिआइको अन्तर्राष्ट्रिय लगानी प्रर्बद्धन समिति विस्तार

बिहीबार, ०५ चैत २०७७, १६ : ५९
बिहीबार, ०५ चैत २०७७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ठूला परियोजनाहरू पहिला नै तयारी गरि लगानी सम्मेलन गर्न सके बढी फलदायी हुने बताएका छन् ।  तयारी नगरी लगानी सम्मेलन कार्यक्रम गर्दा त्यो अपेक्षाकृत सफल हुन नसकेको अध्यक्ष गोल्छाको भनाइ छ ।

अब हामीले “रेडिमेड प्रोजेक्ट” सहित छिमेकी भारत तथा चीनबाट वास्तविक लगानीकर्ता भित्र्याउने गरि काम गर्नुपर्छ, अध्यक्ष गोल्छाले भने– ‘देशमा लगानी सम्मेलन त भए तर केही ठूला जलविद्युतमा रहेको प्रत्यक्ष वैदेशिक लगानीलाई छोडेर हेर्ने हो भने अपेक्षित रूपमा विदेशी लगानी आउन सकेको छैन ।’ 

महासंघले भारत, चीन लगायतका बाह्य लगानी आउन सक्ने देशका दूतावाससँग छलफल अगाडि बढाए गोल्छाले जनाए ।  बाह्य लगानी आकर्षणमा रहेका बाधा हटाउनु पर्ने र विदेशी लगानीकर्ताले लैजाने मुनाफाका विषयमा पनि थप स्पष्टता जरुरी रहेको महशुस निजी क्षेत्रले गरेको छ । गोल्छाले कन्ट्री रेटिङको अभ्यास गरिरहेको बताए । 

नेपाल उद्योग वाणिज्य महासंघको अन्तर्राष्ट्रिय लगानी प्रबद्र्धन समिति विस्तार कार्यक्रमलाई महासंघ सचिवालयमा सम्बोधन गर्दै अध्यक्ष गोल्छाले समितिले बाह्य लगानी आकर्षणका वास्तविक समस्याहरूको पहिचान सहित महासंघको सुझाव तयार गर्न शुभकामना दिए । 

महासंघको कार्यकारिणी समितिका सदस्य आनन्दकुमार वगाडियाको सभापतित्वमा उक्त समिति विस्तार भएको हो  । समितिका सदस्यहरूमा शक्तिकुमार वेगानी, गजेन्द्र भगत, दिवाकार राठी, समिर शर्मा, समीक्षा राई, दिलिप अग्रवाल र दिपिका श्रेष्ठ रहेका छन् । त्यसैगरी समितिका सल्लाहकारहरूमा इन्जिनियर देशबन्धु बस्नेत अजित, सुनिल केसी, डा.नारायण प्रसाद रेग्मी र कुमार पन्त छन भने आमन्त्रितहरूमा सन्दीपकुमार अग्रवाल, साहिल अग्रवाल, विजयसिंह वैद्य, सञ्जय गिरी, भरतराज आचार्य, अभिमतराज सुमार्गी, शुभाशिष थपलिया, उज्जवल श्रेष्ठ, गुरुप्रसाद ढकाल, विशाल मणी उपाध्याय, मनोज पौडेल, सैबल घोष र रमेश अधिकारी रहेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप