झुठो कम्पनी खडा गरेर ठगी गर्ने तीन जना राजस्व अनुसन्धानको फन्दामा
काठमाडौं । झुटो तथा नक्कली कम्पनी खडा गरेर नक्कली बिल प्रयोग गरेर राजस्व छल्ने तीन जनालाई राजस्व अनुसन्धान विभागले पक्राउ गरेको छ । भरतपुरको सन्तोषी लोहनी जेभी र निर्माण सेवाका केशव कंडेलसहित ३ जना विरुद्ध पाटन उच्च अदालतमा मुद्दा दायर भएको छ । केशवराज कँडेलसहित ३ जनाबाट १ करोड ८९ लाख २७ हजार १ सय १२ रुपैया विगो असुल मागदावीसहित मुद्दा दायर भएको हो ।
झुट्टा तथा नक्कली मूअकर (मुल्य अभिबृद्धि कर) विजक प्रयोग गरी राजस्व छलि गर्ने भरतपुर महानगरपालिकास्थित सन्तोषी /लोहनी जे.भी.र सन्तोषी निर्माण सेवा प्रालिका सञ्चालक र प्रबन्ध निर्देशक मुख्य कारोवारी यी कम्पनीले आर्थिक प्रलोभन देखाई सर्वसाधारण व्यक्तिहरुको नागरिकता र सहीछाप दुरुपयोग गर्दै राजस्व छली गरेका हुन् ।
साधारण व्यक्तिहरुको नाममा राजस्व चुहावट गर्ने उदेश्यले फर्महरु खडा गरी वस्तु तथा सेवा खरिद नै नगरी झुठा तथा नक्कली मुअकर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावट गरेको विभागले जनाएको छ ।
मुअकरतर्फ ६७ लाख ९५ हजार ६ सय ५६ रुपैयाँ र आयकरतर्फ १ करोड २१ लाख ३१ हजार ४ सय ५७ रुपैयाँ राजस्व चुहावट गरेको राजस्व अनुसन्धान विभागले भनेको छ । कारोबारी केशबराज कँडेल, सञ्चालक/निर्देशक उज्वलराज कँडेल र लक्ष्मीकुमारी कँडेल समेत ३ जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण