एमालेभित्र विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म
सत्ताको बागडोर सम्हालेको एमालेभित्र विवाद अब समानान्तर कमिटी निर्माण तहसम्म पुग्ने भएको छ । पार्टीमा केपी ओली समूहले आफूहरुलाई पेलेर स्थान नदिए त्यसको प्रतिवाद गर्न समानान्तर कमिटी बनाएर अघि बढ्ने तयारीमा नेपाल–खनाल समूह पुगेको हो ।
नेपाल–खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गर्दै नसच्चिए उनको भण्डाफोर गर्न समानान्तर कमिटी बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय कार्यकर्ता भेलामा सहभागीले पार्टीभित्र फरक मत राख्नेलाई ओली पक्षले पेलेर जाने रवैया कायमै राखे त्यसविरुद्ध संघर्ष जारी राख्ने र नसच्चिए समानान्तर कमिटीको अभ्यासमा जान सुझाव दिएका छन् । सहभागीलाई १० समूहमा विभाजन गरेर छलफल गराइएको थियो । १७ बुँदे प्रस्ताव पारित गर्दै दुई दिने भेला बिहीबार सकिएको छ ।
माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाउनुअघि देशभर पार्टी कमिटी ब्युँताउने भएको छ । देशभरका चार हजारभन्दा बढी नेता कार्यकर्ता सहभागी भेलाले अध्यक्ष ओलीले पार्टी विभाजन गर्न खोजेको भन्दै देशभर पार्टी कमिटीहरु ब्युँताउने प्रस्ताव पारित गरेको छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण