मेलम्ची खानेपानी आयोजना : दुई महिनाभित्र हेडबक्स
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको 'हेडबक्स’ निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मेलम्चीको पानी सुरुङमा पथान्तरण गर्नुअघि पानीको प्रारम्भिक प्रशोधनका लागि 'हेडबक्स’को निर्माण गरिँदैछ ।
अहिले नदीको पानीलाई सीधै सुरुङमा हालिएको छ । हेडबक्स लगभग दुई महिनामा तयार हुनेछ । 'हेडबक्स' तयार नभए पनि चैत १५ देखि परीक्षणको काम भने जारी नै रहने छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले डिसेम्बरमै 'हेडबक्स’ निर्माण सम्पन्न गर्ने अन्तिम समयावधि रहे पनि कोभिड–१९ को महामारीका कारण काम सम्पन्न हुन नसकेकाले छ महिना थप गरिएको जानकारी दिए ।
उनले भने, “अहिले 'हेडबक्स’ को भौतिक काम पूरा भइसकेको छ, त्यहाँ जडान गर्नुपर्ने कतिपय हाइड्रो मेकानिकल उपकरण, स्वचालित यन्त्र तथा विद्युतीकरणसम्बन्धी उपकरण विदेशबाट आउने क्रममा छन् । आउने बित्तिक्कै जडान कार्यसँगै 'हेडबक्स’ को सम्पूर्ण काम सम्पन्न हुनेछ ।” 'हेडबक्समा' सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली जडानको कामसमेत भइरहेको छ ।
सुरुङको परीक्षण सम्पन्न भएसँगै 'हेडबक्स’ को समेत काम सम्पन्न हुने र स्थायी रूपमा मेलम्चीको पानी 'हेडबक्स’ भएर सुरुङमा पथान्तरण गरिने प्रवक्ता पन्तले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण