पोखरामा घरमा पार्किङ गरि राखेको निजी कार चोरी
शुक्रबार, ०६ चैत २०७७, १७ : ३७
पोखरा । पोखरामा आफ्नै घरमा पार्किङ गरि राखेको निजी कार चोरी भएको छ । पोखरा महानगरपालिका ७ मासबारबाट बा ५ च १६८४ नम्बरको मारुती निजी कार घरबाटै चोरी भएको हो ।
पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको मारुती कार गएराति चोरी भएको प्रहरीले जनाएको छ । बेलुका ९ बजे गाडी पार्किङ गरेर राखेको र विहान उठेर हेर्दा गाडी चोरी भएको पन्तले बताए । उनका अनुसार गाडीको चारवटै ढोका लक थियो । चावी उनीसँगै रहेको छ ।
कार हराएलगत्तै पन्तले प्रहरीकहाँ खबर गरिसकेको बताए । उनले मासबारमा किराना पसल सञ्चालन गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण