शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा घरमा पार्किङ गरि राखेको निजी कार चोरी

शुक्रबार, ०६ चैत २०७७, १७ : ३७
शुक्रबार, ०६ चैत २०७७

पोखरा । पोखरामा आफ्नै घरमा पार्किङ गरि राखेको निजी कार चोरी भएको छ । पोखरा महानगरपालिका ७ मासबारबाट बा ५ च १६८४ नम्बरको मारुती निजी कार घरबाटै चोरी भएको हो । 

पर्वत घर भएर मासबार बस्दै आएका शालिकराम पन्तको मारुती कार गएराति चोरी भएको प्रहरीले जनाएको छ  ।  बेलुका ९ बजे गाडी पार्किङ गरेर राखेको र विहान उठेर हेर्दा गाडी चोरी भएको पन्तले बताए । उनका अनुसार गाडीको चारवटै ढोका लक थियो । चावी उनीसँगै रहेको छ । 

कार हराएलगत्तै पन्तले प्रहरीकहाँ खबर गरिसकेको बताए । उनले मासबारमा किराना पसल सञ्चालन गर्दै आएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप