८ महिनामा १६ अर्बको सुन आयात
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो ८ महीनामा रू. १६ अर्बको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार यस अवधिमा रू. १६ अर्ब २८ करोडको सुन आयात भएको हो, जुन अघिल्लो वर्षको यसै अवधिको तुलनामा रू. ३ अर्ब ७१ करोडले बढी हो ।
यस अवधिमा सुन आयातको परिमाण ५० किलोले बढेको छ । चालू आवको फागुनसम्ममा जम्मा २३ सय किलो सुन आयात भएकोमा अघिल्लो वर्ष यस अवधिमा रू. १२ अर्ब ५७ करोड बराबरको २२ सय ५० किलो सुन आयात भएको थियो ।
चालू आवको पहिलो त्रैमाससम्म न्यून रहेको सुनको माग कात्तिकयता बढ्दै गएको देखिन्छ । दशैंतिहारजस्ता चाडपर्व र मङ्सिरमा बिहेको समय भएका कारण उक्त समयमा सुनको आयात उच्च रहेको थियो ।
कोरोना भाइरसका कारण मूल्य अत्यधिक बढेपछि चालू आवको शुरूको चरणमा नेपालमा यसको कारोबार ठप्पजस्तै भएको थियो । कोरोना रोकथाम गर्न लगाइएको बन्दाबन्दी तथा निषेधाज्ञाले सुन व्यवसाय प्रभावित भएको थियो । तर, पछिल्लो समय माग बढेपछि आयात पनि बढाइएको व्यवसायीहरूको भनाइ छ ।
नेपालमा सुन आयात गर्ने अधिकार वाणिज्य बैंकहरूलाई मात्रा छ । त्यसमा नेपाल सुनचाँदी व्यवसायी महासंघले पनि आवश्यक समन्वयन गर्दै आएको छ । महासंघले बजारको मागअनुसार बैंकहरूलाई सुन आयात गर्न सिफारिश गर्दै आएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण