अलमलमा तीन दल : ओलीसँग ‘लेनदेन’ को सम्बन्ध भएका देउवासँग जसपाको अविश्वास
नयाँ सत्ता समीकरणका लागि काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बीच अविश्वास बढ्दै गएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुन भित्रभित्रै लालायित छन् तर जसपाको सिंगो समर्थन नपाए उनको नेतृत्वमा नयाँ गठबन्धन बन्न सक्दैन । जसपाका संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र पार्टी अध्यक्ष उपेन्द्र यादवको धार वैकल्पिक सरकार निर्माणको पक्षमा छ तर अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित पूर्व राजपा धार प्रधानमन्त्री केपी ओलीको विकल्पमा गइहाल्ने पक्षमा छैन ।
नयाँ गठबन्धनको आधार नबनेको भन्दै माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । जसपाको सिंगो सहयोग नमिलेसम्म ओलीको विकल्पमा तीन दलको गठबन्धन बन्न सक्दैन । संसद्मा अहिलेको गणितमा काँग्रेस का ६३ (दुई जना निलम्बित), माओवादीका ५३ (चार जना एमालेतिर लागेका) र जसपाका ३४ (दुई जना निलम्बित) छन् । अनौपचारिक कुराकानीमा देउवाले आफूनिकट नेताहरुसँग जसपाका अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले ओलीको विकल्पमा जान नसक्ने बताउने गरेका छन् । यादव र भट्टराई भने प्रमुख प्रतिपक्षको हैसियतमा देउवाले वैकल्पिक गठबन्धनका लागि नेतृत्व लिइदिए हुन्थ्यो भन्ने पक्षमै छन् ।
ठाकुर र महतोलाई पनि ओलीको विरोधमा गएर देउवा प्रधानमन्त्री बन्न नसक्ने विश्वास छ । प्रधानमन्त्री ओली र देउवाबीच प्रतिनिधिसभा विघटनअघिदेखि नै ‘लेनदेन’ को सम्बन्ध छ । प्रतिनिधिसभा विघटनको खुलेर विरोध नगरेका देउवाले आफै अग्रसर भएर ओलीलाई हटाउलान् भन्नेमा ठाकुर र महतोलाई विश्वास छैन ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण