ग्लोबल वार्मिङका कारण महासागरमा नकारात्मक असर
विज्ञान डेस्क । महासागरको सन्धिक्षेत्र (Twilight Zone) २ सयदेखि १ हजार मिटरमा हुनेगर्छ । धेरै गहिरो भएका कारण यहाँको पानीमा कम मात्र सूर्यको प्रकाश पुग्नेगर्छ । यसकारण नै यसलाई सन्धिक्षेत्र भनिएको हो । हालै गरिएको एक अनुसन्धानले के देखाएको छ भने ग्लोबल वार्मिङका कारणले महासागरको यस सन्धिक्षेत्रलाई नराम्रो असर पुर्याएको छ ।
समुद्रको गहिराइमा बस्ने जीवको पोषण हासिल गर्ने तरिका अलगै हुन्छ । उनीहरुले यो पोषण समुद्रमा हुने बरफको माध्यमबाट प्राप्त गर्ने गर्छन् । जो हावाको माध्यम भएर समुद्रको गहिराइमा पुग्ने गर्छ । कार्डिफ युनिभर्सिटीले गरेको यस विषयक अनुसन्धानमा समुद्रको जीवनको विकासका लागि समुद्री बरफको भूमिका महत्त्वपूर्ण हुने पत्तालगाएका छन् ।
अध्ययनका क्रममा अनुसन्धाताले के पाए भने उद्भव प्रक्रियामा जीवहरु समुद्रको गहिराइमा जाने गर्छन् । गहिराइमा भएको चिसो पानीले समुद्री बरफलाई लामो समयसम्म सुरक्षित राख्ने काम गर्छ, जसले गर्दा गहिरो पानीमा लामो समयसम्म भोजन सुरक्षित हुने गर्छ ।
ग्लोबल वार्मिङले समुद्रको यो चक्रमा बाधा पुर्याउने देखिन्छ । यसले गर्दा तापक्रम बढेर खाद्य सङ्कट तथा पोषण आपूर्तिमा प्रभाव पर्ने देखिन्छ । समुद्री जीवनले महासागरको साथसाथै हाम्रो ग्रहको जीवन स्वस्थ राख्नका लागि पनि ठूलो भूमिका खेलेको हुन्छ ।
समुद्रको यो स्थान रहस्यले भरिएका जीवहरुको बासस्थान पनि हो । यसमा प्लेक्टोनदेखि लिएर जेलिफिससम्म पर्छन् । कार्डिफ युनिभर्सिटीका अनुसार यो जैविक विविधता तथा बायोमासमा रहेको रहस्यमय खजाना हो । साथै यो महासागरको अन्य भागका जीवनका लागि पनि महत्त्वपूर्ण हुन्छ ।
समुद्रको पिँधको माटोमा भेटिएका साना जीवाश्मको अध्ययनबाट यो कुरा पत्ता लागेको हो । यस बारेमा अध्ययन गर्ने एक लेखक तथा जीवाश्म वैज्ञानिक डा. बोसोकालो गालाजोका अनुसार अध्ययनका क्रममा गएको डेढ करोड वर्षमा केही प्रजातिहरु विस्तारै विस्तारै तल्लो तहमा विस्थापित भएर गए ।
शोधकर्तालाई यो विषय रहस्यमयी लाग्यो । उनीहरुका अनुसार यो सबै रहस्य भनेको पानीको तापक्रम नै हो । तर उनीहरुका अनुसार हाल महासागरको पानीको तल्लो भागको तापक्रम धेरै नै वृद्धि भएको पाइयो । यो रेफ्रिजेरेसनको प्रभावका कारण समुद्री बरफ लामो समयसम्म सुरक्षित रहिरह्यो । यसले गहिराइमा बस्ने जीवलाई भोजन पनि प्रदान गर्दै रह्यो । यसले गर्दा सामुद्रिक गहिराइमा जैविक विविधता टिकिरहन मद्दत गर्यो । तर ग्लोबल वार्मिङले महासागर पनि अछुतो रहन सकेन । यो हाम्रो ग्रहको भविष्यको चिन्ताको विषय भएको छ । यसले सम्पूर्ण ग्रहको परिस्थिति बारेमा प्रभाव पार्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण