दुईवर्ष मध्यपुरथिमिको विकासमा निरन्तर लाग्नेछु: महेश बस्नेत
भक्तपुर । प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई आर्थिक विकाससँग जोडेर सफल पार्नुपर्ने बताए । रु ५० लाखको लागतमा मध्यपुरथिमि नगरपालिका–९, राधेराधेको आस्थामार्गमा आठ मिटर चौडा बाटो विस्तार र शहरी विकास तथा भवन निर्माण विभागबाटै विनियोजित रु २५ लाखको लागतमा मध्यपुरथिमि–५ राधेराधे क्षेत्रको गुहेश्वरी हनुमन्ते मार्गमा १४ फिट चौडा सडक गरी एकै दिन एक घण्टाको फरकमा दुई सडक विस्तार एवं ढलानको आज उनले शिलान्यास गरेका छन् ।
यस क्षेत्रमा हनुमन्ते करिडोर निर्माण भएकाले डुबानमा पर्न छाडेको चर्चा गर्दै उनले आगामी जेठसम्ममा हनुमन्ते करिडोरका सबै काम पूरा गर्ने बताए । हनुमन्ते करिडोर बन्न नदिन माफियाको गिरोह नै सक्रिय रहेका उल्लख गर्दै उनले विगत दुई वर्षदेखि करिडोर क्षेत्रमा परेको साख कम्पनीको पर्खाल भत्काउन आयोजनाले ताकेता गर्दा पनि नभत्काएर अवरोध पुर्याएपछि सूर्यविनायक नगरपालिका र जिल्ला प्रशासन कार्यालयले डोजर लगाएर भत्काउनु परेको सुनाए ।
सांसद बस्नेतले भने, ‘भूकम्पले भत्काएको पर्खाल नलगाउन आग्रह गर्दा पनि साख कम्पनीले मानेन, करिडोर निर्माण रोकिएकाले पर्खाल भत्काउन दुई वर्षदेखि पटकपटक सूचना जारी गर्दा पनि अटेर ग¥यो, अदालतमा परेको मुद्दा पनि करिडोरकै पक्षमा फैसला भयो, अनि बाध्य भएर पर्खाल भत्काएर करिडोर निर्माण अगाडि बढाएको छ, अब रोकिन्न ।’
आगामी जेठसम्ममा हनुमन्ते करिडोर निर्माण पूरा गर्न नसके रु दुई अर्ब रकम फिर्ता जाने जनाउँदै उनले विकास रोकेर बजेट फिर्ता पठाउन खोज्ने माफियालाई लखेट्न हातमा लाठो लिएर यहाँका जनता प्रतिकारमा उत्रिनुपर्ने बताए ।
मध्यपुर थिमिका भित्रि सडक नबनेकामा स्थानीयवासीले गुनासो गरेको कुरा उल्लेख गर्दै बस्नेतले भने, ‘तपाईँहरू ढुक्क हुनुहोस्, अब थिमिको विकासमा हरेक दिन मेरो पहल रहने छ, उपत्यका विकास प्राधिकरण र शहरी विकास विभागबाट बजेट ल्याएर थिमिको भित्री बस्तीका सडक बनाउने प्रतिबद्धता व्यक्त गर्दछु, हरेक दिन अब कुनै न कुनै विकासको शिलान्यास, उद्घाटन र अनुगमनमा म सक्रिय रहने छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण