सिद्धार्थ बैंकका ग्राहकहरुलाई सम्यक डायग्नोस्टिकमा १५५ सम्मको छुट
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको जावलाखेलस्थित सम्यक डाइग्नोस्टिक प्रालिबीच बैंकका ग्राहक महानुभावहरूलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकका ग्राहकहरुले जावलाखेल, बानेश्वर र भक्तपुरमा रहेको सम्यक डाइग्नोस्टिक प्रालिमा डेबिड, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग प्रयोग बापत ईन हाउस प्याथोलोजि सेवामा १५५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधाहरु तथा क्यास ब्याक योजनाहरु सञ्चालनमा ल्याउँदै आएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण