काँग्रेसले बोलायो पदाधिकारी बैठक
आइतबार, ०८ चैत २०७७, १८ : ५५
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनको अनुसार वर्तमान राजनीतिक परिस्थितिबारे छलफलका लागि बैठक बोलाइएको हो । आज मात्र (आइतबार) वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए ।
पौडेल पक्षले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने जोड दिएको छ । तर, सभापति शेरबहादुर देउवा भने वैकल्पिक सरकार गठनका लागि परिस्थिति परिपक्व नबनेको भन्दै हतार गर्न नहुने पक्षमा छन् । यस विषयमा शीर्षस्थ नेताबीच छलफल गरेर केन्द्रीय समिति बैठक बोलाउने देउवाको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक