काँग्रेसले बोलायो पदाधिकारी बैठक
आइतबार, ०८ चैत २०७७, १८ : ५५
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । उनको अनुसार वर्तमान राजनीतिक परिस्थितिबारे छलफलका लागि बैठक बोलाइएको हो । आज मात्र (आइतबार) वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए ।
पौडेल पक्षले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने जोड दिएको छ । तर, सभापति शेरबहादुर देउवा भने वैकल्पिक सरकार गठनका लागि परिस्थिति परिपक्व नबनेको भन्दै हतार गर्न नहुने पक्षमा छन् । यस विषयमा शीर्षस्थ नेताबीच छलफल गरेर केन्द्रीय समिति बैठक बोलाउने देउवाको तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण