तलब वृद्धिभन्दा महँगी वृद्धि बढी
काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २ दशमलव ७० प्रतिशतले बढ्दा तलब तथा ज्यालाको सूचकांक भने १ दशमलव ७७ प्रतिशतले मात्र बढेको छ ।
यसअवधिमा तलबको वृद्धि शून्य भए पनि ज्यालाको वृद्धि बढी हुँदा समग्रमा तलब तथा ज्याला वृद्धि भएको देखिएको हो । राष्ट्र बैंकका अनुसार समग्रमा तलब तथा ज्यालादर बढी देखिनुको कारण गत माघ महीनामा २ दशमलव २७ प्रतिशतले ज्यालाको दर बढेकाले हो तर यसअवधिमा तलबको वृद्धिदर शून्य देखिएको छ ।
सामान्यतया महँगी अर्थात् मूल्यवृद्धि (मुद्रास्फीति) बढेअनुसार तलब र ज्यालाको वृद्धिदर हुनुपर्छ । कोभिड–१९ का कारण अधिकांशले जागीर गुमाउनु परेको छ भने कतिपयले खाइपाई आएको तलब कटौती हुँदा महँगीको तुलनामा तलब बढ्न नसकेको सरोकारवालाहरू औंल्याउँछन् ।
समग्रमा तलब तथा ज्याला वृद्धिको सूचकांक गतवर्षको माघभन्दा पनि अहिले धेरै कम हो । गत माघ महीनामा उक्त सूचकांक ७ दशमलव ५१ प्रतिशतले बढेको थियो । यसअवधिमा ज्याला भने करीब मूल्यवृद्धिको नजीक आउन खोजेको देखिन्छ तर पनि सोही अनुपातमा छैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा ममता थापाले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण