अझै तीन महिनासम्म बजारमा केराउको अभाव हुने
काठमाडौं । पछिल्लो समय बजारमा केराउको अभाव बढ्दै गएको छ । थोकदेखि खुद्रा बजार सम्ममा यति बेला केराउ पाउन मुश्किल भइरहेको छ ।
कोरोना संकटका बेलामा नेपाली मुद्रा विदेशिन नदिन सरकारले गतवर्षको चैत १६ गते केराउ आयातमा रोक लगाएको थियो । त्यसयता आयातकर्ताहरूले केराउको आयात गर्न पाएका छैन जसको परिणाम स्वरूप यतिखेर बजारमा केराउको अभाव देखिन गएको हो ।
शक्ति दाल मिल वीरगञ्जका सञ्चालक ओमप्रकाश मोरले यति बेला बजारमा सेतो केराउको अभाव रहेको बताए । ‘नेपालमा अभाव बढेपछि हामीले भारतबाट आयात गर्न खोजेका थियौं । तर, भारतबाट पनि आयात गर्न नपाएपछि बजारमा केराउको अभाव चुलिएको हो,’ उनले भने । गतवर्षको चैतमा सरकारले गरेको निर्णयपश्चात् नेपालमा औपचारिक रूपमा केराउ भित्रिएको छैन ।
पछि सरकारले त्यस बेला बीच बाटोमा अलपत्र केराउ आयात गर्न दिएको थियो । त्यही केराउले अहिलेसम्म बजार धानेको हो । तर, अहिले उक्त केराउको मौज्दात सकिएपछि अभाव देखिन गएको बताइएको छ ।
गत फागुन २५ गते बसेको मन्त्रिपरिषद् बैठकले केराउसँगै मरीच, सुपारी र छोकडा आयातमा १ वर्षदेखि लगाएको पूर्ण प्रतिबन्ध हटाएर परिमाणात्मक बन्देज लगाएसँगै व्यापारीहरूले केराउ आयात गर्न पाउने भएका छन् । यद्यपि विदेशबाट आयात गर्दा आयात प्रक्रिया लामो हुने भएकाले नेपालमा अबको करीब ३ महिनासम्म केराउको अभाव रहिरहने मोरको भनाइ छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रशान्त खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण