चार्जिङ स्टेशन निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युतीय गाडी चार्ज गर्न बनाउने भनेको ५० चार्जिङ स्टेशनको निर्माण गर्न चीनको जीयाङसु वाङदाङ न्यून इनर्जी टेक्नोलोजी (स्टार चार्ज) कम्पनीलाई छनोट गरेको छ । प्राधिकरणले प्रतिस्पर्धाका आधारमा उक्त कम्पनीलाई चार्जिङ स्टेशन बनाउने ठेक्का दिन छनोट गरेको हो ।
चार्जिङ स्टेशन बनाउन १३ कम्पनीले टेन्डर दिएका थिए । तिनमा ३ कम्पनी मात्र प्राविधिक रूपमा योग्य देखिएका थिए । तीमध्येबाट स्टार चार्जलाई छनोट गरिएको हो । प्राधिकरणअन्तर्गतको विद्युतीय सवारी पूर्वाधार निर्माण आयोजनाका प्रमुख सागरमणि ज्ञवालीले स्टार चार्जलाई आयोजना निर्माणको ठेक्का दिने निर्णय भएको बताए ।
उक्त कम्पनीलाई यसका लागि लेटर अफ इन्टेन (एलओआई) पनि दिइसकेको बताए । अब यही मार्चभित्र नै कम्पनीसँग ठेक्का सम्झौता हुने उनको भनाइ छ । ठेक्का सम्झौता गर्न उक्त कम्पनी बैंक ग्यारेन्टी लिएर नेपाल आउनुपर्ने छ ।
ज्ञवालीका अनुसार चार्जिङ स्टेशनमा आवश्यक पर्ने सामग्री खरीद र निर्माणको सबै काम कम्पनीले नै गर्नेछ । यस काममा प्राधिकरणले ५० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरेको थियो । तर, कम्पनीले त्यो भन्दा २३ प्रतिशत कम अर्थात् ३८ करोडमा नै आयोजना बनाउने गरी प्रस्ताव पेश गरेको ज्ञवालीको भनाइ छ ।
ठेक्का सम्झौता भएको केही दिनमै आयोजनाको शिलान्यास हुने र १ वर्षभित्र आयोजनाको निर्माण सम्पन्न हुने उनले बताए । ‘हामीले ६ देखि ८ महीनाभित्र नै आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौं । तर, प्राविधिक तयारी पूरा गर्दा बढीमा १ वर्षसम्म लाग्न सक्छ,’ उनले भने । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण