काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्ग : विस्तृत डिजाइनका लागि नेपालको स्वीकृति
काठमाडौं । काठमाडौंलाई सीमावर्ती भारतको रक्सौलसम्म रेलमार्गबाट जोड्ने उद्देश्यले अघि बढाइएको काठमाडौं–रक्सौल ब्रोडगेज रेलमार्गको विस्तृत डिजाइन अध्ययनको समझदारीपत्रलाई नेपाल सरकारले स्वीकृत गरेको छ । उक्त रेलमार्गको डिटेल डिजाइनका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न हाल उक्त प्रस्ताव भारत सरकारसमक्ष पठाइएको र अध्ययन अघि बढाउने विषयमा भारतको प्रतिक्रियाको पर्खाइमा नेपाल रहेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले केही दिनअघिको मन्त्रिपरिषद्को निर्णयपछि समझदारीपत्रमा हस्ताक्षर गर्ने प्रस्ताव भारत सरकारसमक्ष पु¥याएको हो । यससँगै उक्त आयोजनाको अध्ययन अघि बढ्ने मन्त्रालयका अधिकारीको भनाइ छ ।
‘प्रस्ताव भारत पठाइसकेको र उक्त पत्रमा भएका विषयवस्तुलाई भारतले स्वीकार गरेर नेपाल पठाएपछि अध्ययन शुरू हुनेछ,’ मन्त्रालयका सहसचिव केशवकुमार शर्माले भने । आइतवार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले समझदारीपत्रमा हस्ताक्षर गर्ने अख्तियारी रेल विभागका महानिर्देशकलाई दिएको जानकारी दिए ।
उनले उक्त ब्रोडगेज रेलमार्गको निर्माण कार्य अघि बढाउन नेपाल सरकार र भारत सरकारबीच हुने समझदारीपत्रलाई स्वीकृत गरिएको र उक्त पत्रमा हस्ताक्षर गर्न रेल विभागका महानिर्देशकलाई अख्तियारी दिने निर्णय गरेको उल्लेख गरेका हुन् ।
२०७४ चैत २४ मा भारत भ्रमणका बेला नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच काठमाडौं–रक्सौल रेलमार्ग योजना अघि बढाउन समझदारीपत्रमा हस्ताक्षर भएको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा हिमा वि.कले लेखेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण