माथिल्लो तामाकोशीको सेयरले सबैभन्दा बढी कमायो, चन्द्रागिरीको १५ सय नाघ्यो
काठमाडौं । सोमबार सेयर बजारमा २४.०८ अंकले गिरावट आएको छ । ०.९५ प्रतिशतले घटेको बजार २५१४.३९ बिन्दुमा अडिएको छ । आज ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । होटल तथा पर्यटन र जलविद्युत समुहमा बृद्धि भएपनि बाँकी सबै समूह ओरालो लागेको छ । होटल तथा पर्यटन समुह १०४.९७ अंकले बढेको छ भने जलविद्युत १०१.७३ अंकले बढेको छ ।
सोमबार माथिल्लो तामाकोशीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिसेयर ७ सय २६ रुपैयाँ भएको छ । यता हालसम्म लगातार बृद्धि भइरहेको चन्द्रागिरी हिल्सको सेयर मूल्यले १ हजार ५ सय पार गरेको छ । सोमबार यसको सेयर मूल्य ९.९९ प्रतिशतले बृद्धि भएर १ हजार ५ सय ६३ रुपैयाँ सेयर मूल्य कायम भएको छ ।
कारोबार रकमको आधारमा पनि अपर तामाकोशी नै अगाडि छ । यसको ४६ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अपर तामाकोशीको नेप्सेमा १० करोड ५९ लाख कित्ता सेयर सूचीकृत छ । यसको बजार पुँजीकरण ७६ अर्ब ८८ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
-
नेपालमा लोकतन्त्र अपहरित भएको छ : केपी ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण