छोरा जन्मिएको एक महिनापछि सुपर फिट देखिइन् करिना कपुर
सोमबार, ०९ चैत २०७७, १५ : ५६
करिना कपुर दोस्रो पटक सुत्केरी भएपछि आफ्नो काममा फिर्ता भइसकेकी छिन् । दोस्रो सन्तानको जन्मपछि पहिलो पटक देखिएकी करिना कपुर एकदम फिट देखिएकी छिन् । करिना कपुरको तस्बिरमा धेरैले हैरानी जताएका छन् ।
करिना कपुरको हालै सार्वजनिक भएको तस्बिरमा करिनाको गर्भावस्थामा बढेको तौल घटेको देखिन्छ । यस्तो लागिरहेको छ कि बरिना कपुर स्लिम हुने बाटोमा तीब्र रुपमा फर्किरहेकी छिन् ।
करिना कपुरले अघिल्लो महिना २१ फेब्रुअरीमा आफ्ना कान्छो छोरालाई जन्म दिएकी छिन् । आफ्ना व्यावसायिक प्रतिबद्धताका कारण उनी एक महिनाको सुत्केरी बिदा पछि काममा फिर्ता भएकी छिन् ।
करिनाले पहिलो सुत्केरी बिदा पछि पनि निकै मिहिनेत गरेकी थिइन् र तैमुरको जन्म भएको ३ महिना पछि नै उनी काममा फिर्ता भएकी थिइन् । करिनाले त्यतिबेला करिब ६ महिनामा १६ किलो तौल घटाएकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण