शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

पृथ्वी राजमार्गमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

सोमबार, ०९ चैत २०७७, २२ : ३०
सोमबार, ०९ चैत २०७७

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज साँझ ७ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते छन् ।

पोखराबाट दमौली आउँदै गरेको ग८प ६६३९ नंको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा घाइते भएका चालक व्यास नगरपालिका–५ बस्ने ५१ वर्षीय टीकाराम क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

उनको दमौली अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–४ बस्ने ४९ वर्षीय सुरेश सुवेदी घाइते छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप