बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मेलम्चीको पानी एक जनालाई ७५ लिटर

मङ्गलबार, १० चैत २०७७, ०७ : ०२
मङ्गलबार, १० चैत २०७७

खानेपानी तथा सरसफाइ मन्त्रालयले राजधानीवासीले दिनहुँ प्रतिव्यक्ति ७५ लिटर मेलम्चीको पानी उपयोग गर्न सक्ने जनाएको छ । 

हाल प्रत्येक घरमा करिब १० जना बस्ने र तिनीहरुले ७५ लिटरसम्म पानी प्रयोग गर्ने अनुमान गरिएको छ ।

यसअघि एक घरमा लगभग ४ जना बस्ने गरी अनुमान गरिएको हो । 

२०६८ को जनगणनाअनुसार उपत्यकाको जनसंख्या करिब २९ लाख छ । अहिले यो संख्या ४० लाखभन्दा बढी पुगिसकेको अनुमान गरिएको छ । 

दिनहुँ दुई घण्टा पानी वितरण गरिने मेलम्ची खानेपानी आयोजनाका प्रमुख त्रिरेशप्रसाद खत्रीले बताए साथै लाइनबाट सिधै ७ मिटर अर्थात अढाई तले घरसम्म वितरण गर्न सकिने उनले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा दीपेन्द्र विष्टले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप