सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘नक्कले छातीमा’ सगुन र बिक्रमको रोमान्स

मङ्गलबार, १० चैत २०७७, ०८ : २४
मङ्गलबार, १० चैत २०७७

काठमाडौंँ । लोकगायक रामचन्द्र बोगटीको स्वर रहेको ‘नक्कले छातीमा’ बोलको पञ्चेबाजा गीत बजारमा आएको छ । गीतमा लय र शब्द समेत बोगटीकै रहेको छ ।

ठेट नेपाली पञ्चेबाजा प्रयोग गरिएको गीतमा गायकले विवाह नभएको पीडा समेत व्यक्त गरेका छन् ।

गीतको म्युजिक भिडियो समेत बनेको छ । जसमा सगुन शाही र बिक्रम नेपालीको अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

लोक संस्कृतीको संरक्षणका लागि आफूले पञ्चेबाजामा विशुद्ध नेपाली संस्कृतीमय गीतको रुपमा ‘नक्कले छातीमा’ बनाएको गायक बोगटीले बताए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप