खगराज अधिकारीको सभामुखलाई प्रश्न : नेकपाले सभामुख चुन्यो, अब नैतिकता कसले कसलाई सिकाउने ?
काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीलाई नैतिकता सिकाउनेहरूले उनीविरुद्ध समर्थन फिर्ता लिन डराउने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले अविश्वासको प्रस्ताव फेल हुन्छ भनेर डराउने तर प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भन्दै प्रश्न उठाएका हुन् । साथै उनले सभामुख समेत नेकपाबाट निर्वाचित भएको बताउँदै अब उपसभामुख कुन दलबाट कुन नैतिकताले खोज्ने भन्दै प्रश्न गरे ।
उनले भने– ‘नैतिकता कता गयो कसरी खोज्ने ? सभामुख महोदय तपाई निर्वाचित हुँदा नेकपा थियो अब उपसभामुख चुन्ने हो भने दलीय सहभागिता कसको भन्ने अनि नैतिकता कसले कसलाई सिकाउने, आफैं भत्ता बढाउन माग गर्ने अनि प्रधानमन्त्री समर्थित सांसदले माग गरे भने प्रचार गराउने नैतिकता के हो कसले कसलाई पढाउने ?’ उनले चुनावमा जान खुट्टा कमाउनेहरूले नै लोकतन्त्रको बाजा बजाएको आरोप समेत लगाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण