मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

खगराज अधिकारीको सभामुखलाई प्रश्न : नेकपाले सभामुख चुन्यो, अब नैतिकता कसले कसलाई सिकाउने ?

मङ्गलबार, १० चैत २०७७, १४ : ३९
मङ्गलबार, १० चैत २०७७

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले प्रधानमन्त्रीलाई नैतिकता सिकाउनेहरूले उनीविरुद्ध समर्थन फिर्ता लिन डराउने भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले अविश्वासको प्रस्ताव फेल हुन्छ भनेर डराउने तर प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भन्दै प्रश्न उठाएका हुन् । साथै उनले सभामुख समेत नेकपाबाट निर्वाचित भएको बताउँदै अब उपसभामुख कुन दलबाट कुन नैतिकताले खोज्ने भन्दै प्रश्न गरे । 

उनले भने– ‘नैतिकता कता गयो कसरी खोज्ने ? सभामुख महोदय तपाई निर्वाचित हुँदा नेकपा थियो अब उपसभामुख चुन्ने हो भने दलीय सहभागिता कसको भन्ने अनि नैतिकता कसले कसलाई सिकाउने, आफैं भत्ता बढाउन माग गर्ने अनि प्रधानमन्त्री समर्थित सांसदले माग गरे भने प्रचार गराउने नैतिकता के हो कसले कसलाई पढाउने ?’ उनले चुनावमा जान खुट्टा कमाउनेहरूले नै लोकतन्त्रको बाजा बजाएको आरोप समेत लगाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप