बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पत्रपत्रिका

धुलो दूध, बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गरिँदै

बुधबार, ११ चैत २०७७, ०७ : ११
बुधबार, ११ चैत २०७७

कारले धुलो दूध (एसएमपी), बटर, मासु र अण्डामा देश आत्मनिर्भर भएको घोषणा गर्न लागेको छ । कृषिको हरेक उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य लिएको सरकारले सुरुवातमा एसएमपी, बटर, मासु र अण्डामा आत्मनिर्भर भएको घोषणा गर्न लागेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट त्यसको घोषणा गर्न लगाउने तयारीमा लागेको छ । मन्त्रालयका सहसचिव डा.विमल निर्मलले धुलो दूध, बटर, मासु (भैँसीबाहेक) र अण्डा आयात शून्यमा झरेको छ र नेपालमा भएको उत्पादनले नै पर्याप्त रहेको बताए । नेपालमा धुलो दूधको आवश्यकता तीन हजार मेट्रिक टन मात्र रहेको छ तर उत्पादन तीन हजार चार सय मेट्रिक टन भइरहेको उनले बताए ।

यसलाई पाँच हजार मेट्रिक  टन  पु¥याउने लक्ष्य राखिएको उनले बताए ।  अहिले धुलो  दूधको  प्रयोग मिठाई  पसल,  डेरी, चकलेट  तथा  बिस्कुट उद्योगमा  मात्र  भइरहेको छ ।  यसको  प्रयोग  आम उपभोक्तामा गएको छैन । सहसचिव निर्मलले आम उपभोक्तासमक्ष पनि धुलो दूध पु¥याउने तयारी भइरहेको बताए ।   पाँच हजार  मेट्रिक  टन उत्पादन  भयो  भने त्यसले आम उपभोक्तालाई पनि  पुग्ने  उनले दाबी गरे । अहिले   यसको आयातमा पूरै रोक लगाएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप