मेलम्चीको पानी एक सातामै धारामा
लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका उपत्यकाबासीको धारामा अब एक साताभित्र नै मेलम्चीको पानी आउने दाबी खानेपानी मन्त्रालयले गरेको छ । यही चैत १५ गतेदेखि नै मेलम्चीको पानी उपभोक्ताको धारामा ल्याउने गरी तयारी पूरा भएको मन्त्रालयले जनाएको छ ।
आयोजनाका अनुसार चैत १५ गते परीक्षणको क्रममा पानी उपभोक्ताको धारामा पठाइनेछ । आयोजनाका अनुसार बागमतीमा पठाउने भनिएको पानी उपभोक्ताको धारामा पठाएर आगामी १ साताभित्र नै उपभोक्ताले मेलम्चीको पानी उपभोग गर्न पाउने गरी तयारी थालिएको छ ।
आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले नयाँ पाइपलाइनबाट र सुन्दरीजलको पानी प्रशोधन केन्द्रको परीक्षणको क्रममा रहेको बताए । “चैत १५ गते उपभोक्ताको धारामा मेलम्चीको पानी आउने त छ तर सबैमा पूरै पानी आउने होइन । परीक्षणको क्रममा पानी आउने हो,” उनले भने । कारोबार दैनिकमा विस्तृतमा खबर छापिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण