भारतमा लगातार पाँचौ दिन ४० हजारभन्दा बढी संक्रमित भेटिए, अन्तर्राष्ट्रिय उडानको प्रतिबन्ध बैशाख १७ सम्म बढाइयो
भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका ४७,२३९ संक्रमित भेटिएका छन् । यस्तै २३,९१३ संक्रमित निको भएका छन् भने २७७ को मृत्यु भएको छ । भारतमा लगातार पाँचौ दिन ४० हजारभन्दा बढी संक्रमित भेटिएको हो । मृत्युको आँकडा पनि यो वर्ष सबैभन्दा धेरै छ । यसैबीच भारतको केन्द्र सरकारले अन्तर्राष्ट्रिय उडानमाथि लगाएको रोकलाई ३० अप्रिल (बैशाख १७) सम्म बढाएको छ ।
भारतमा हालसम्म १ करोड १७ लाख ३३ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन् । यीमध्ये १ करोड १२ लाख ३ हजार १६ बिरामी ठिक भइसकेका छन् जबकी १.६० लाखले ज्यान गुमाएका छन् । साथै ३.६५ लाखको उपचार चलिरहेको छ ।
मध्यप्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले सरकारले प्रदेशका २–३ शहरमा हरेक आइतबार लकडाउन गर्नेबारे विचार गरिरहेको बताए । उनले भने, ‘भोपाल र इन्दौरमा हरेक दिन ३ सय देखि ४ सय केस आइरहेका छन् । यदि यसै गरी संक्रमित वृद्धि भइरहे, हामी पुरानो स्थितिमा पुग्नेछौं । म मानिसहरुलाई कोरोना गाइडलाइन पालन गर्नुहोस् भनेर हात जोडेर अपिल गर्दछु ।’
यस्तै दिल्ली सरकारले सबै हवाई अड्डा, रेलवे स्टेशन, अन्तर्राष्ट्रिय बस टर्मिनलमा अन्य राज्यबाट आउने यात्रीको र्यान्डम टेस्टिङ () अनिवार्य गरेको छ । दिल्लीमा सार्वजनिक स्थानमा होली र नवरात्रि मनाउन रोक लगाइएको छ ।
उत्तर प्रदेशमा होली अघि राज्य सरकारले केही निर्देशन जारी गरेको छ । यसमा पूर्व अनुमति बिना कुनै जुलुस निकाल्न सकिने छैन । ६० वर्षभन्दा बढी र १० वर्षभन्दा कम उमेरका बच्चालाई कुनै प्रकारको उत्सवमा भाग लिन अनुमति छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण