छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु
बागलुङ । बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलबारै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा उक्त पिकअप भ्यानमा सवार एक बालकको मृत्यु भएको छ । काठमाडौँबाट आएर यात्रु झारेपछि फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका बालकको मृत्यु भएको हो ।
मृत्युहुनेमा गलकोट नगरपालिका–६ का नितु बस्नेतका सात वर्षीय छोरा निकेश बस्नेत रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । मङ्गलबारै बडिगाड–४ मा बा२०प २८८० नंको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएका छन् । उनीहरु दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण