छुट्टाछुट्टै घटनामा दुई बालकको मृत्यु
बागलुङ । बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मङ्गलबारै गलकोट नगरपालिका–६ मा पिकअप दुर्घटना हुँदा उक्त पिकअप भ्यानमा सवार एक बालकको मृत्यु भएको छ । काठमाडौँबाट आएर यात्रु झारेपछि फर्काउने क्रममा सडकबाट २० मिटर तल खस्दा पिकअपमै बसेका बालकको मृत्यु भएको हो ।
मृत्युहुनेमा गलकोट नगरपालिका–६ का नितु बस्नेतका सात वर्षीय छोरा निकेश बस्नेत रहेको प्रहरी नायब उपरीक्षक इकवाल हवारीले बताए । मङ्गलबारै बडिगाड–४ मा बा२०प २८८० नंको पिकअप सडकदेखि ६० मिटर तल खस्दा चालक यामबहादुर बुढाथोकी र सहचालक सुजन गोतामे घाइते भएका छन् । उनीहरु दुवैलाई स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि पोखरा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा स्पोर्ट्स अवार्डमा उदीयमान खेलाडीको उपाधि दिलासालाई
-
यो सदनमा प्रश्नको घाँटी निमोठ्ने तयारी हुँदैछ : महामन्त्री थापा
-
सभामुखलाई पनि बोल्न अवरोध : कांग्रेसले रोष्टम घेर्यो (तस्बिरहरु)
-
राष्ट्रपतिलाई ओलीको प्रश्न : त्यस्तो मान्छे सल्लाहकार राख्न मिल्छ ?
-
कांग्रेसको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
-
संसदीय समिति नबनी सदनको कुनै पनि कामकारबाही अघि नबढ्ने कांग्रेसको घोषणा