सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अर्नब गोस्वामीलाई पक्राउ गर्नु तीन दिनअघि जानकारी दिन बम्बे हाईकोर्टको आदेश

बुधबार, ११ चैत २०७७, १६ : २५
बुधबार, ११ चैत २०७७

टीआरपी घोटाला मामिलामा बुधबार बम्बे हाईकोर्टले रिपब्लिक टिभीका प्रधान सम्पादक अर्नब गोस्वामीलाई पक्राउ गर्नु तीनदिन अघि उनलाई जानकारी दिन प्रहरीलाई आदेश दिएको छ ।

अर्नब गोस्वामी यतिबेला आत्महत्या दुरुत्साहनको अर्को एउटा मामिलामा जमानतमा छन् ।

अर्नब गोस्वामीलाई ५३ वर्षका एक इन्टेरियर डिजाइनर अन्वय नाइकको आत्महत्याको मामिलामा पक्राउ गरिएको थियो ।

अर्नब गोस्वामीलाई अघिल्लो वर्ष नोभेम्बर ४ मा मुम्बईमा उनको घरबाट पक्राउ गरिएको थियो र ११ नोभेम्बरमा उनले सर्वोच्च अदालतबाट जमानत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप