प्रधानमन्त्री ओलीलाई एक सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता छैनः प्रकाशमान सिंह
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी ओलीलाई १ सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताएका छन् । नेपाल प्रेस युनियनले आयोजना गरेको प्रेस भेटघाटमा सिंहले ओलीले असंवैधानिक कदम उठाएर नैतिकता गुमाइसकेकाले १ सेकेन्ड पनि सत्तामा बस्ने नैतिकता नभएको बताए ।
साथै उनले नेपाली जनताको लामो समयको सङ्घर्षबाट प्राप्त भएका उपलब्धी माथि प्रधानमन्त्री ओलीले लगातार प्रहार गरिरहेको भन्दै प्राप्त उपलब्धीहरु गुम्ने खतरा बढेको बताए । देश विकासका लागि कम्युनिष्टहरुले बहुमत प्राप्त गरे पनि जनताले अपेक्षा गरेअनुसार सरकारले काम नगरेको उनको भनाई छ । उनले भने, ‘कम्युनिष्टहरुले जनताको काम गर्न बहुमत प्राप्त गरेका हुन् तर कम्युनिष्ट सरकार प्रधानमन्त्रीलाई मजबुत बनाउनेतर्फ लाग्यो ।’
आन्तरिक भागभण्डा नमिलेपछि कम्युनिष्टहरुले देशलाई दुर्घटनातर्फ धकेल्न प्रयास गरेको नेता सिंहको आरोप छ । काँग्रेस अहिले पनि परिस्थितिलाई समालेर जान तयार रहेको भन्दै उनले भने, ‘नैतिकताहिन सरकारलाई माओवादी केन्द्रले समर्थन दिराख्ने, जनता समाजवादीले कुनै प्रष्ट निर्णय नलिने अनि सरकारको विकल्प दिन काँग्रेसले ध्यान दिएन भन्नु कतिको जायज छ ?’ नेता सिंह काँग्रेस मोरङका पूर्व सभापति स्व. अशोक कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न आज विराटनगर पुगेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण