भागरथी हत्या प्रकरणः अभियुक्तसँग डीएनए मिल्यो
बलात्कारपछि हत्या गरिएकी बैतडीकी किशोरी भागरथी भट्ट र घटनापछि पक्राउ परेका किशोरको डीएनए मिलेको प्रहरीले जनाएको छ ।
केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाबाट बिहीबार आएको रिपोर्टमा अभियुक्तको डीएनए र मृतकको भजाइनल स्वाबबाट निकालिएको डीएनए मिलेको बैतडीका प्रहरी प्रमुख डीएसपी नारायणप्रसाद अधिकारीले बताए । ‘प्रहरी अनुसन्धानमा सबैभन्दा ठूलो प्रमाण जुटेको छ,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरेर फाइल अगाडि बढाइसकेको र मुद्दा अदालतमा विचाराधीन भएकाले अब हामीले थप बोल्न मिल्दैन ।’
जिल्ला प्रहरीले मृतकको भजाइनल स्वाब र अभियुक्तको डीएनए नमुना फागुन १७ गते परीक्षणका लागि पठाएको थियो। जिल्ला अस्पताल बैतडीले मृतकको पोस्टमार्टम रिपोर्ट भने माघ २६ गते नै प्रहरीलाई बुझाएको थियो।
पोस्टमार्टममा बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको उल्लेख छ । डीएनए रिपोर्टपछि भागरथीका काका शिवराज भट्टले अभियुक्त नै
घटनामा संलग्न रहेकामा आफूहरू ढुक्क भएको प्रतिक्रिया दिए ।
‘प्रमाणले बोलेर नै प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो। डीएनए पनि मिल्यो, हामी अनुसन्धानबाट सन्तुष्ट छौं,’ उनले भने । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
-
ह्याकरको निशानामा भारतको सबैभन्दा ठुलो न्यूक्लियर पावर प्लान्ट, हजारौँ संवेदनशील दस्ताबेज डार्क वेबमा
-
सेमिफाइनल खेलअघि अर्जेन्टिनी उपराष्ट्रपति भन्छिन्, ‘हामी लुटेरा समुद्री डाकूहरूसँग खेल्दै छौँ’
-
अर्जेन्टिना भर्सेस इंग्ल्याण्ड: एट्लान्टामा उच्च सुरक्षा सतर्कता
-
स्पेनसँगको हारबारे के भन्छन् कप्तान एम्बाप्पे ?
-
नेपाल–भारत ऊर्जा सहकार्यमा अझ फराकिलो,बिजुली निर्यात क्षमतामा १६५० मेगावाट पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण