हङकङबाट काठमाडौं आएको विमान दिल्ली ‘डाइभर्ट’ : खुल्यो विमानस्थल
शुक्रबार, १३ चैत २०७७, १७ : २५
काठमाडौं । मौसममा अचानक आएको परिवर्तनपछि बन्द भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल केही सुधारपछि पुनः सुचारु भएको छ । भिजिविलिटीमा सुधार आएपछि विमान उडान तथा अवतरण खुला गरिएको विमानस्थल स्रोतले रातोपाटीलाई जानकारी दियो । वायुमण्डलमा धुलो र धुवाँको मिसिएको तुवाँलो फैलिँदा १ हजार मिटर भिजिविलिटी भएकोमा अहिले १६ सय मिटर भिजिविलिटी पुगेपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो ।
झन्डै २ घण्टासम्म बिमानस्थल बन्द हुँदा हङकङबाट आएको क्याथे ड्रागमनको विमान डाइभर्ट गरेर दिल्ली पठाइएको छ । नेपाल एयरलाइन्स र हिमालय दमाद लगायतका केही विमानहरुलाई आकाशै होल्ड गर्नुपरेको थियो । यस्तै आन्तरिक उडान तर्फका सम्पूर्ण उडान तथा अवतरण बन्द भएको थियो भने अहिले पुन सुचारु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण