सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

हङकङबाट काठमाडौं आएको विमान दिल्ली ‘डाइभर्ट’ : खुल्यो विमानस्थल

शुक्रबार, १३ चैत २०७७, १७ : २५
शुक्रबार, १३ चैत २०७७

काठमाडौं । मौसममा अचानक आएको परिवर्तनपछि बन्द भएको त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल केही सुधारपछि पुनः सुचारु भएको छ । भिजिविलिटीमा सुधार आएपछि विमान उडान तथा अवतरण खुला गरिएको विमानस्थल स्रोतले रातोपाटीलाई जानकारी दियो । वायुमण्डलमा धुलो र धुवाँको मिसिएको तुवाँलो फैलिँदा १ हजार मिटर भिजिविलिटी भएकोमा अहिले १६ सय मिटर भिजिविलिटी पुगेपछि विमानस्थल सञ्चालनमा ल्याइएको हो । 

झन्डै २ घण्टासम्म बिमानस्थल बन्द हुँदा हङकङबाट आएको क्याथे ड्रागमनको विमान डाइभर्ट गरेर दिल्ली पठाइएको छ । नेपाल एयरलाइन्स र हिमालय दमाद लगायतका केही विमानहरुलाई आकाशै होल्ड गर्नुपरेको थियो । यस्तै आन्तरिक उडान तर्फका सम्पूर्ण उडान तथा अवतरण बन्द भएको थियो भने अहिले पुन सुचारु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप