‘सकभर बाहिर ननिस्कनु’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाभित्र वायु प्रदूषण बढेको भन्दै सकभर बाहिर ननिस्कन अपिल गरेको छ । वायु प्रदूषणले श्वासप्रश्वासमा कठिनाइलगायत स्वास्थ्य समस्या देखिन सक्ने भन्दै घर बाहिर खुला स्थानमा नबस्न अपिल गरेको हो । मर्निङ वाकमा जाने वा घर बाहिर गएर शारीरिक व्यायाम गर्ने कार्य रोक्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले फोहोरको उचित व्यवस्थापन गर्ने र फोहोर जलाउने काम नगर्न आग्रह गरे । धुलो, धुवाँ उड्ने खालका पेसा, व्यवसाय, निर्माण कार्य केही दिनलाई स्थगन गर्न सम्बद्ध निकायलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । केही दिनपछि त्यस किसिमका पेसा, व्यवसाय निर्माणका कार्य सुरु गर्दा धुवाँ नउड्ने वा कम हुने व्यवस्था गर्न अपिल गरेको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले वायु प्रदूषण बढेको भन्दै यो बेला अत्यावश्यक नभई सवारी साधन नचलाउन आग्रह गरे । स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै बालबालिका, दीर्घ रोगी, ज्येष्ठ नागरिकको विशेष ख्याल राख्न र घरबाहिर खुला स्थानमा नबस्न पनि अपिल गरेको छ । स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का लागि तोकिएको जनस्वास्थ्यको मापदण्ड पालना गर्न–गराउनसमेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
-
१० दिनपछि ‘धुर्वे’ नियन्त्रणमा, स्याटेलाइट रेडियो कलर जडान
-
पाउ कुबार्सीः स्पेनको सफलताको खास हकदार अर्का किशोर सुपरस्टार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण